कोरोनाभाइरस: रोगबाट जोगिन हात मात्र हैन, फोन पनि सफा गर्नुपर्छ

Published

अहिले महामारीका रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण मानिसले स्वस्थ रहन आफ्नो सरसफाइमा पनि ध्यान दिनुपर्ने कुरा विज्ञहरूले औँल्याएका छन्।

त्यसका लागि हात बेलाबेलामा धुनुपर्छ। त्यसबाहेक मानिसले प्राय: जहाँ जाँदा पनि आफूसँगै लैजाने गरेको स्मार्टफोनलाई पनि सफा राख्नुपर्छ।

हातेफोनलाई कुनै क्षति नपुर्‍याईकन कसरी सफा गर्न सकिन्छ त?

सूक्ष्मजीव वैज्ञानिकहरूले सामान्य साबुन र पानी प्रयोग गरेर फोन सफा गर्दा त्यसबाट कीटाणुको परिमाण घटाउन सकिने बताएका छन्। हेर्नुहोस् फोन सफा गर्ने उपाय, यो भिडिओमा।

अनि यो पनि