तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: विश्वभरि कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या ४० लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि हुने मानिसको सङ्ख्या ४० लाखभन्दा बढी भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उक्त विश्वविद्यालयले कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्दै आएको छ।
कोरोनाभाइरसका कारण विश्वभरि अहिलेसम्म दुई लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ।
त्यहाँ विश्वभरि देखिएको कुल सङ्ख्याको एकचौथाइ सङ्क्रमण देखा परेको छ। कोभिड-१९ का कारण विश्वभरि भएको मृत्युमध्ये एकतिहाइ अमेरिकीमा भएको हो।
चिन्ता र चेतावनी
विशेषज्ञहरूले कैयौँ देशमा पर्याप्त परीक्षण नभएकाले सङ्क्रमणको सङ्ख्या कम देखिएको हुनसक्ने बताएका छन्।
स्पेनसहित कतिपय देशमा दैनिक रूपमा हुने सङ्क्रमणमा कमी आएको छ।
तर लकडाउन खुकुलो पारिँदा "दोस्रो चरणको सङ्क्रमण" देखिने खतरा बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्।
त्यसका अतिरिक्त कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी बजार र आपूर्ति प्रणाली प्रभावित भएपछि त्यसबाट विश्वभरि अर्थतन्त्र प्रभावित भएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
स्वीकारोक्ति
यूकेले गत साता ५०,००० वटा नमुना कोरोनाभाइरस परीक्षणका लागि अमेरिका पठाएको स्वीकारेको छ। सरकारका अनुसा प्रयोगशालामा केही समस्या भएकाले त्यसो गरिएको हो।
चीनका एक वरिष्ठ अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई कोरोनाभाइरस महामारी "ठूलो परीक्षा" रहेको र त्यसले देशको जनस्वास्थ्य प्रणालीका कमजोरीहरूलाई उजागर गरेको बताएका छन्।
कोरोनाभाइरस रोकथामका विषयमा चीनले चालेका प्रारम्भिक कदमबारे विदेशमा चीनको लगातार आलोचना भइरहेका बेला चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक लि बिनको एउटा दुर्लभ स्वीकारोक्ति आएको हो।
यो पनि हेर्नुहोस्