तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: लकडाउनको छायामा रमजान मनाउँदै इस्लाम धर्मावलम्बी
Published
संसारभरिका करोडौँ इस्लाम धर्मावलम्बीले यो वर्ष नयाँ तरिकाले रमजान मनाउन थालेका छन्।
कोरोनाभाइरसका कारण जारी लकडाउनका कारण धेरै मस्जिदहरू बन्द छन् र भेला हुन प्रतिबन्ध लगाइएको छ।
रमजानको एक महिना इस्लाम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्त नभएसम्म खानेकुरा, पेय, धूमपान र शारीरिक सम्बन्धदेखि आफूलाई टाढा राख्छन्।
बेलुकी परिवार एवम् साथीभाइहरू भेला हुने र सँगै व्रत तोडेर प्रार्थना गर्ने चलन रहे पनि यो वर्ष मानिसहरूले एक्लै घरमा मनाउनुपर्ने अवस्था छ।
तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।