कोरोना भाइरस: लकडाउनको छायामा रमजान मनाउँदै इस्लाम धर्मावलम्बी

नेपालको काठमाण्डूमा लकडाउनका बीच एक्लै प्रार्थना गर्दै एक मुस्लिम

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, नेपालको काठमाण्डूमा लकडाउनका बीच एक्लै प्रार्थना गर्दै एक मुस्लिम भक्तजन
Published
Presentational white space

संसारभरिका करोडौँ इस्लाम धर्मावलम्बीले यो वर्ष नयाँ तरिकाले रमजान मनाउन थालेका छन्।

कोरोनाभाइरसका कारण जारी लकडाउनका कारण धेरै मस्जिदहरू बन्द छन् र भेला हुन प्रतिबन्ध लगाइएको छ।

रमजानको एक महिना इस्लाम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्त नभएसम्म खानेकुरा, पेय, धूमपान र शारीरिक सम्बन्धदेखि आफूलाई टाढा राख्छन्।

बेलुकी परिवार एवम् साथीभाइहरू भेला हुने र सँगै व्रत तोडेर प्रार्थना गर्ने चलन रहे पनि यो वर्ष मानिसहरूले एक्लै घरमा मनाउनुपर्ने अवस्था छ।

मस्जिद अल-हरम

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, साउदी अरेबियाको मक्कास्थित मस्जिद अल-हरममा रमजानका बेला भक्तजनहरूको भिड लाग्ने गर्थ्यो, तर यो वर्ष त्यहाँ विरलै मानिस पुगेका छन्
अमेरिकाको न्यूयोर्कमा एक इमामले एक्लै मस्जिदमा दिवा प्रार्थना गरेका थिए

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाको न्यूयोर्कमा एक इमामले एक्लै मस्जिदमा दिवा प्रार्थना गरेका थिए
पाकिस्तानमा व्रत तोड्न खानेकुरा किन्ने समयमा मानिसहरूले सामाजिक दूरी कायम गरेका छन्

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पाकिस्तानमा व्रत तोड्न खानेकुरा किन्ने समयमा मानिसहरूले सामाजिक दूरी कायम गरेका छन्
भारतको दिल्लीमा लकडाउनका कारण बन्द रहेको जामा मस्जिदमा व्रत तोड्दै एक भक्तजन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतको दिल्लीमा लकडाउनका कारण बन्द रहेको जामा मस्जिदमा व्रत तोड्दै एक भक्तजन
जेरुसलमको ओल्ड सिटीको गल्लीमा प्रार्थना गर्दै भक्तजनहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जेरुसलेमको ओल्ड सिटीको गल्लीमा प्रार्थना गर्दै भक्तजनहरू
संसारको सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या रहेको इन्डोनेशियामा सरकारले यात्रामा प्रतिबन्ध लगाएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, संसारको सबैभन्दा धेरै मुस्लिम जनसङ्ख्या रहेको इन्डोनेशियामा सरकारले रमजान महिनामा यात्रामा प्रतिबन्ध लगाएको छ
इजिप्टमा रमजाको ध्वजापताकाले सजिएको एउटा द्धरबाट हेर्नै नागरिकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजिप्टमा रमजानको ध्वजापताकाले सजिएको एउटा द्वारबाट हेर्दै मानिसहरू

तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।