मेक्सिको र दक्षिण कोरियाबीच फुटबलले गाँसिदिएको अनौठो साइनो

मेक्सिको र दक्षिण कोरियाबीच फुटबलले गाँसिदिएको अनौठो साइनो
Published

अहिले मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा २०२६ फिफा विश्वकप चलिरहेको छ।

यसै क्रममा समूह 'ए' मा रहेका मेक्सिको र दक्षिण कोरियाबीच जुन १८ मा मेक्सिकोको ग्वाडलहारामा रोमाञ्चक खेल सम्पन्न भएको छ। खेलमा मेक्सिको १-० ले विजयी भयो।

नतिजा जे भए पनि रङ्गशाला र सडकमा दक्षिण कोरियाली 'फ्यान'हरूलाई मेक्सिकोका स्थानीयवासीले अँगालो हाल्दै उत्सव मनाएको देखिने भिडिओहरू सामाजिक सञ्जालमा 'भाइरल' भएका छन्।

मेक्सिकनहरूले आफ्ना कोरियाली पाहुनाहरूलाई "कोरियाली भाइ, अब तिमी मेक्सिकन भयौ" भन्दै रैथाने शैलीमा स्वागत गरिरहेका छन्।

दुई देशबीच १२,००० किमिभन्दा बढी दूरी छ। दुई देशका नागरिकहरूबीच एउटा अनपेक्षित साइनो गाँसिएको छ। सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलका बेलादेखि यो साइनो कायम छ। त्यति बेला दक्षिण कोरियाले जर्मनीलाई २-० गोलले हराउँदा मेक्सिकोलाई नकआउट चरणको अन्तिम १६ टोलीभित्र पुग्न सहयोग पुगेको थियो।

मेक्सिकोमा 'फ्यान'हरूले आफ्नो जित नै भए जसरी उत्सव मनाएका थिए।

दुई देशबीचको मित्रता फुटबलमा मात्र सीमित छैन। मेक्सिकोमा कोरियाली संस्कृतिको लोकप्रियता बढ्दो छ र दुई देशबीचको व्यावसायिक सम्बन्ध पनि अझ बलियो बन्दै छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।