कोरोना भाइरस: नेपालमा एकैदिन थप १४ जना कोभिड-१९ का सङ्क्रमित भेटिएको पुष्टि

तस्बिर स्रोत, SPL
नेपालमा शुक्रवार १३ जना पुरुष र १ महिलामागरी थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो अद्यावधिक विवरणसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको व्यक्तिको सङ्ख्या ३० पुगेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धि सूचना सम्प्रेषण गर्न सन्चालन गरेको भाइबर ग्रुपमा राखिएको सन्देशमा भनिएको छ: "हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ।"
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बीबीसी नेपाली सेवालाई बताए अनुसार नयाँ पुष्टि भएकामा १४ जना सङ्क्रमित उदयपुर जिल्लामा भेटिएका १२ जना पुरुष छन् भने चितवन जिल्लामा एक पुरुष र एक महिला गरी दुईजना रहेका छन्।
उदयपुरमा भेटिएका १२ जना सङ्क्रमितहरू सबै नै भारतीय नागरिकहरू रहेका प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















