पिङ्क सुपरमून: पूर्णिमामा देखिएको विशेष चन्द्रमा

Published

मङ्गलवार राति देखिएको पूर्णचन्द्रलाई खगोलशास्त्रीहरूले विशेष मानेका छन्। अङ्ग्रेजीमा 'पिङ्क मून' भनिएको भए पनि चन्द्रमाको रङ्ग गुलाबी भने थिएन।

ब्रिटेनमा बुधवार बिहान ३:५५ बजे चन्द्रमाको कला उत्कर्षमा पुगेको थियो।

अघिपछिभन्दा ठूलो देखिने भएकाले उक्त चन्द्रमालाई सुपरमून पनि भन्ने गरिएको छ। पृथ्वीनजिकै आइपुग्ने भएकाले यस बेला चन्द्रमा अलि ठूलो देखिन्छ।

वसन्तयाम सुरु हुने बेलामा यस्तो चन्द्रमा सबैभन्दा पहिला उत्तर अमेरिकामा देखिन्छ। यही बेला त्यहाँ फुल्ने एउटा जङ्गली फूलबाट प्रेरित भएर चन्द्रमालाई 'पिङ्क सुपरमून' भनिएको हो।

मङ्गलवार राति विभिन्न ठाउँबाट देखिएको पूर्णचन्द्रको तस्बिर हेरौँ।

एप्रिलको यो सुपरमुन यो वर्षको तेस्रो घटना हो। यो दृश्य दक्षिणपूर्वी इङ्ल्यान्डको विन्जर क्यासलमाथिको हो

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, एप्रिलको यो सुपरमुन यो वर्षको तेस्रो घटना हो। यो दृश्य दक्षिणपूर्वी इङ्ल्यान्डको विन्जर क्यासलमाथिको हो
यो दृश्य लन्डबाट देखिएको हो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, यो दृश्य लन्डबाट देखिएको हो
लन्डनस्थित शार्ड भवनपछाडि चन्द्रमा यसरी देखिएको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, लन्डनस्थित शार्ड भवनपछाडि चन्द्रमा यसरी देखिएको थियो
इङ्ग्ल्यान्डको स्ट्याफर्डशरबाट यस्तो दृश्य देखियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इङ्ग्ल्यान्डको स्ट्याफर्डशरबाट यस्तो दृश्य देखियो
गेट्सहेडबाट खिचिएको दृश्य। पृथ्वीको नजिकै आइपुग्दा यतिखेर चन्द्रमा १४ प्रतिशतसम्म ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिन्छ

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, गेट्सहेडबाट खिचिएको दृश्य। पृथ्वीको नजिकै आइपुग्दा यतिखेर चन्द्रमा १४ प्रतिशतसम्म ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिन्छ
स्कटल्यान्डको फोलकर्कबाट देखिएको विशाल पूर्णचन्द्र

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, स्कटल्यान्डको फोलकर्कबाट देखिएको विशाल पूर्णचन्द्र
बर्लिनबाट देखिएको चन्द्रमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बर्लिनबाट देखिएको चन्द्रमा
रोम सहरमाथि देखिएको चन्द्रमा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रोम सहरमाथि देखिएको चन्द्रमा
प्यारिकको नोट्र-डाम कथिड्रलबाट देखिएको चन्द्रमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्यारिसको नोट्र-डाम कथिड्रलमाथि देखिएको चन्द्रमा
आयरल्याण्डको द रक अफ दुनमिजबाट देखिएको सुपरमुन।

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, आयरल्यान्डको द रक अफ दुनमिजबाट देखिएको सुपरमुन।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित