पिङ्क सुपरमून: पूर्णिमामा देखिएको विशेष चन्द्रमा

Published

मङ्गलवार राति देखिएको पूर्णचन्द्रलाई खगोलशास्त्रीहरूले विशेष मानेका छन्। अङ्ग्रेजीमा 'पिङ्क मून' भनिएको भए पनि चन्द्रमाको रङ्ग गुलाबी भने थिएन।

ब्रिटेनमा बुधवार बिहान ३:५५ बजे चन्द्रमाको कला उत्कर्षमा पुगेको थियो।

अघिपछिभन्दा ठूलो देखिने भएकाले उक्त चन्द्रमालाई सुपरमून पनि भन्ने गरिएको छ। पृथ्वीनजिकै आइपुग्ने भएकाले यस बेला चन्द्रमा अलि ठूलो देखिन्छ।

वसन्तयाम सुरु हुने बेलामा यस्तो चन्द्रमा सबैभन्दा पहिला उत्तर अमेरिकामा देखिन्छ। यही बेला त्यहाँ फुल्ने एउटा जङ्गली फूलबाट प्रेरित भएर चन्द्रमालाई 'पिङ्क सुपरमून' भनिएको हो।

मङ्गलवार राति विभिन्न ठाउँबाट देखिएको पूर्णचन्द्रको तस्बिर हेरौँ।

सबै तस्बिरको सर्वाधिकार माथि उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित