कोरोनाभाइरसबारे सहयोग माग्ने अमेरिकी युद्धपोतका कमाण्डर यसकारण भए 'जिम्मेवारीमुक्त'

अहिलेसम्म उक्त युद्धपोतमा कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण देखिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अहिलेसम्म उक्त युद्धपोतमा कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण देखिएको छ। (फाइल तस्बिर)
Published

आफ्नो नेतृत्वमा रहेको युद्धपोतमा भाइरसको सङ्क्रमणबारे सचेत गराउँदै सहयोगको आग्रह गर्ने कमाण्डरलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट हटाएको छ।

नौसेनाले एउटा विज्ञप्तिमार्फत् क्याप्टेन ब्रेट कोजिअरलाई जिम्मेवारीमुक्त पार्नु 'नौसेना र देशको उच्चतम हितमा रहेको' जनाएको छ।

यूएसएस थियोडोर रुजवेल्टका कमाण्डरले भाइरस सङ्क्रमणको जोखिम बढेकोले जहाजमा रहेका चार हजारभन्दा बढी नौसैनिकहरूको जीवनरक्षा गर्न आफ्नो नेतृत्वलाई पत्र लेखेका थिए।

नौसेनाले के भन्यो?

जिम्मेवारीबाट हटाएपछि नौसेनाको नेतृत्वले क्रोजिअरले 'चेन अफ कमाण्डबाहिर गएर काम गरेको' जनाएको छ।

क्रोजिअरले उक्त पत्रमा प्रभावित सैनिकहरूलाई पानीजहाजबाट हटाउन र एक्ल्याएर राख्न 'निर्णायक कदम'को माग गरेका थिए।

नौसेनाका कार्यवाहक प्रमुख थोमस मोड्लीले कमाण्डर क्रोजिअरले 'निकै कमजोर निर्णयक्षमता प्रदर्शन गरेको' जनाएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त पत्र 'सञ्चारमाध्यमलाई चुहाइएको' कारण क्रोजिअरलाई हटाइएको बताए।

उनले भने: "उक्त पत्रले उनका चासो नौसेनाले सम्बोधन गरिरहेको छैन भन्ने छनक दिन्थ्यो।...जुन साँचो होइन।"

यस्तो थियो पत्र

यो साताको सुरुमा क्रोजिअरले सहायता माग्दै लेखेको पत्रले धेरैको ध्यान खिचेको थियो।

उनले लडाकु विमानहरू बोक्ने उक्त विशाल पानीजहाजमा रहेका थुप्रै सैनिकहरूलाई क्वारन्टीनमा राख्नुपर्ने बताएका थिए।

क्याप्टेन ब्रेट क्रोजिअरले लेखेका थिए: "हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।"

तस्बिर स्रोत, AFP/Getty Images

तस्बिरको क्याप्शन, क्याप्टेन ब्रेट क्रोजिअरले लेखेका थिए: "हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।"

चार पृष्ठ लामो नौसेनाको नेतृत्वलाई लेखिएको विस्तृत पत्रमा सङ्क्रमणको फैलावटसँग जुझ्नका लागि युद्धपोतमा स्थान अभाव भएको उल्लेख थियो।

क्याप्टेन क्रोजिअरले लेखेका थिए: "हामी युद्धमा छैनौँ। त्यसैले नौसैनिकहरू मर्ने अवस्था आउनु हुँदैन।"

उक्त पत्र सान फ्रानसिस्को क्रोनिकलले सबैभन्दा पहिले छापेको थियो।

अहिले युद्धपोत कहाँ छ?

अहिले प्रशान्त महासागरको पश्चिममा पर्ने अमेरिकी भूभाग ग्वाम टापुमा 'यूएसएस थियोडोर रुजवेल्ट' रोकिएको छ।

अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण पाइएको छ।

अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण देखिएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अहिलेसम्म उक्त युद्धपोतमा रहेका कम्तिमा एक सय जनामा भाइरसको सङ्क्रमण पाइएको छ।

सैनिकहरूलाई अहिले स्थानियहरूसँग हेलमेल नहुँदासम्म बन्दरगाहा क्षेत्र नछाडिकनै क्वारिन्टिनमा बस्न भनिएको छ।

नौसेनाको यस निर्णयबारे अमेरिकी तल्लो सदनको एक सैन्य समितिका डेमोक्र्याट सांसदहरूले असन्तुष्टि जनाउँदै वक्तव्य निकालेका छन्।

जसमा भनिएको छ: "विस्तृत अनुसन्धानबिनै जिम्मेवारीमा रहेका कमान्डरलाई हटाउनुले यूएसएस थियोडोर रुजवेल्टमा रहेको सङ्कट समाधान गर्दैन।"

'एमएस जान्दम' फ्लोरिडामा

यसैबिच कोभिड-१९ का कारण चार जना यात्रुले ज्यान गुमाएको एउटा क्रुज पानीजहाज समुद्रमा केही साता बिताएपछि अमेरिकी राज्य फ्लोरिडामा रोकिएको छ।

थुप्रै ल्याटिन अमेरिकी देशहरूले ब्रिटिस-अमेरिकी स्वामित्वको एमएस जान्दम पानीजहाजमा सवार व्यक्तिहरूलाई जमिनमा उत्रन दिएका थिएनन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबाट जोगिन दुई मिटर दूरी कसरी राख्ने?

त्यसमा अझै दर्जनौँ यात्रुहरू रूघाखोकीजस्ता लक्षण सहित बिरामी छन्।

स्वस्थ्य यात्रुलाई भने उक्त कम्पनीकै अर्को जहाजमा सारिएको थियो जुन समेत फ्लोरिडाको लडरडेल बन्दरगाहमा आइपुगेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर