अमेरिकन एअरलाइन्सको विमानभित्र ग्यास मास्क लगाएका व्यक्ति देखेपछि यात्रुहरू आतङ्कित

अमेरिकिन एअरलाइन्स विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पछि ती व्यक्ति मास्क नलगाईकन अर्को विमान चढे
Published
पढ्ने समय: १ मिनेट

अमेरिकामा आफ्नो अनुहार छोप्नेगरी लगाएको ग्यास मास्क फुकाल्न नमानेपछि एक यात्रुलाई चढेको विमानबाट ओरालिएको विवरण टेक्ससका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

ड्यालसबाट ह्यूस्टन उड्न लागेको विमानमा बिहीवार चढेका यात्रुहरू उनलाई देखेर डराएका थिए।

विमानका कर्मचारीहरूले उनलाई मास्क फुकाल्न गरेको अनुरोध उनले अस्वीकार गरेका थिए। त्यसपछि उनलाई उक्त विमानमा उड्न दिइएन।

त्यो क्रममा उक्त विमान एक घण्टा ढिलो उड्यो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

ती व्यक्ति अर्को विमानमा चढेर गन्तव्यतिर उडे। तर त्यसमा चढ्दा उनले मास्क लगाएनन्।

पहिलो विमानका यात्रु जोजिफ सेले ह्यूस्टनले एबीसीसी स्टेशन केटीआरकेलाई भने, "मैले एकजना व्यक्ति पूरै मुख छोपिनेगरी ग्यास मास्क लगाएर विमानमा आउँदै गरेको देखेँ। त्यो कस्तोकस्तो अप्ठ्यारो देखिन्थ्यो।"

"तत्कालै मानिसहरूले विमानमा पछाडिपट्टि कुरा गर्ने थाले।"

"उनको अनुहार देखिँदैनथ्यो। उनको कुनै रूप चिन्न सकिँदैनथ्यो। उनले विमानमा केही कुरा लुकाएर ल्याएका छन् कि र आफ्नो सुरक्षाका लागि मास्क लगाएका हुन् कि भन्ने आशङ्कामा मानिसहरू चिन्तित थिए।"

आफूलाई पहिला ती व्यक्तिले कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन मास्क लगाएको होला भन्ने लागेको सेले बताए।

"त्यसपछि मैले त्यसमा फिल्टर नभएको भेउ पाएँ। अनि त्यसको कुनै अर्थ भए जस्तो लागेन।"

"उनीसँगै बसेकी एक महिलाबाट हामीले ती व्यक्तिले केही कुरा भन्ने इच्छा व्यक्त गरेको भन्ने सुन्यौँ। मलाई त्यो के कुरा थियो भन्ने चाहिँ थाहा छैन," सेले भने।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, छाउराको उद्धार गर्न हिउँमा तातो कफी