सबरीमाला मन्दिर: महिलाको प्रवेश अधिकारबारे अदालती निर्णयको 'पुनरावलोकन गरिने'

सबरीमाला

तस्बिर स्रोत, EPA

Published

भारतको सर्वोच्च अदालतले रजस्वलाको उमेर भएका महिलाहरूलाई दक्षिण भारतको एउटा हिन्दू मन्दिरमा प्रवेश दिलाउने आफ्नो फैसलालाई पुनरावलोकन गर्न सहमति जनाएको छ।

पाँचजना न्यायाधीश रहेको एउटा इजलासले गतवर्ष एउटा फैसला सुनाउँदै सबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश नदिने व्यवस्था विभेदकारी भएको बताएको थियो।

उक्त मन्दिर रहेको दक्षिण भारतीय राज्य केरलामा त्यसले ठूला प्रदर्शनहरू निम्त्याएको थियो।

उक्त मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरूलाई रोक्नुका साथै र अपहेलित गर्ने काम समेत गरिएको थियो।

प्रतिक्रिया

अहिलेको कदमले मन्दिर प्रवेशका निम्ति लडेका महिलाहरूलाई क्रुद्ध पार्ने ठानिएको छ।

हिन्दू धर्मले रजस्वला भएको बेला महिलाहरूलाई अशुद्ध मान्दछ र यस्तो समयमा उनीहरूलाई धार्मिक क्रियाकलापमा भाग लिनबाट रोक्दछ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो।

मन्दिर सञ्चालन गर्ने एकजना अधिकारीले चाहिँ अदालतको आदेशको स्वागत गर्दै महिलाहरूलाई त्यहाँ नआउन भनेका छन्।

सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ।

तस्बिर स्रोत, Kaviyoor Santhosh

तस्बिरको क्याप्शन, सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ।

गत वर्ष अदालको फैसला आएपछि पनि आक्रोशित प्रदर्शनकारीहरूको भिडले महिला धर्मावलम्बीहरूमाथि बल प्रयोग गरेका थिए जसका कारण थुप्रै महिलाहरू त्यहाँबाट फर्किए।

मन्दिरतर्फ जाने गाडीहरूमा रजत्वला हुने उमेरका महिलाहरू छन् कि छैनन् भनेर ती आक्रोशित मानिसहरूले जाँच गरेका थिए।

अदालतले के भन्यो?

गत वर्षको अदालती निर्णयको प्रतिक्रियास्वरूप दायर भएका दर्जनौँ निवेदनपछि बिहीवार न्यायाधीशहरूले अब अझ ठूलो इजलासमा त्यसको सुनुवाइ हुने बताए।

उनीहरूले त्यसो भनिरहँदा यसअघिको फैसला भने रद्द गरेका छैनन्।

त्यसको अर्थ महिलाहरू अझै कानुनी रूपमा मन्दिरमा प्रवेश गर्न पाउँछन्।

तर त्यो उनीहरूका लागि सहज भने हुने छैन।

गत वर्ष आक्रोशित हिन्दू धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयपछि पनि मन्दिर सबरीमालाभित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका थिए।
तस्बिरको क्याप्शन, गत वर्ष आक्रोशित हिन्दू धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयपछि पनि मन्दिर सबरीमालाभित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका थिए।

गत वर्ष आक्रोशित हिन्दू धर्मावलम्बीहरूले सर्वोच्च अदालतले गरेको ऐतिहासिक निर्णयपछि पनि मन्दिर सबरीमालाभित्र महिलाहरूलाई प्रवेश गर्नबाट रोकेका थिए।

बिहीवारको आदेशपछि केरलाको प्रहरीले मानिसहरूलाई शान्त रहन भनेको छ।

सामाजिक सञ्जालको निगरानी गरिने र धार्मिक अस्थिरता गराउन खोज्नेलाई पक्राउ गरिने प्रहरीले बताएको छ।

सबरीमालाको विशेषता

सबरीमाला भगवान् अयप्पाको मन्दिर हो।

उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ।

सो मन्दिरमा प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन्।

मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ।

सामाजिक सञ्जालको निगरानी गरिने र धार्मिक अस्थिरता गराउन खोज्नेलाई पक्राउ गरिने प्रहरीले बताएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सामाजिक सञ्जालको निगरानी गरिने र धार्मिक अस्थिरता गराउन खोज्नेलाई पक्राउ गरिने प्रहरीले बताएको छ।

एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुड्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेबसाइटमा उल्लेख छ।

मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ। सबरीमाला जाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन्।

तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन।