भारतमा फेरि बाढी, बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढीको मृत्यु

बिहार

तस्बिर स्रोत, BBC Hindi

तस्बिरको क्याप्शन, पटनाका अधिकांश आवासीय क्षेत्रहरू डुबानमा परेका छन्
Published
पढ्ने समय: २ मिनेट

ठूलो वर्षा भएपछि बाढीका कारण भारतका उत्तर प्रदेश र बिहार राज्यमा १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

ती राज्यका सहरी क्षेत्रमा वर्षा र बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाइदिएका दृश्यहरू सार्वजनिक भएका छन्।

अधिकारीहरूका अनुसार रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन्।

बिहीवारयता उत्तर प्रदेशमा मात्रै ९३ जनाको मृत्यु भएको बताइएको छ।

बिहारमा २९ जनाको मृत्यु भएको उक्त राज्यको विपद् व्यवस्थापन निकायले जनाएको छ। बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ।

सडकमा डुङ्गा

तस्बिर स्रोत, BBC Hindi

तस्बिरको क्याप्शन, सडकमा डुङ्गा
बिहारमा अस्पतालमा पनि बाढी पसेको छ

तस्बिर स्रोत, BBC Hindi

तस्बिरको क्याप्शन, बिहारमा अस्पतालमा पनि बाढी पसेको छ

पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन्। सडकमा पानीमा डुबेका सवारीसाधनहरू देखिन्छन्।

सामाजिक सञ्जालमा एकजना चालकले पानीबाट आफ्नो रिक्सा तान्न सङ्घर्ष गरिरहेको भिडिओ धेरैले प्रेषित गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Transparent line

पटना शुक्रवारदेखि जलमग्न भएको हो। त्यहाँ धेरै आवासीय क्षेत्र डुबानमा परेका छन्।

पीटीआई सामाचारसंस्थाले एक अधिकारीलाई उद्धृत गर्दै सहरमा परेको पानी "पूर्णत: अनपेक्षित" भएको उल्लेख गरेको छ।

बिहारको सडकमा मानिस

तस्बिर स्रोत, BBC Hindi

जलमग्न सडक

तस्बिर स्रोत, BBC Hindi

बिहार सरकारले भारतीय वायुसेनालाई हेलिकप्टर तथा पानी फाल्ने उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ।

उत्तर प्रदेशमा पनि उस्तै परिस्थिति छ।

एक स्थानीय बासिन्दाले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार "पानीको अवस्था नराम्रो छ, बनारसको अवस्था नराम्रो छ"। त्यहाँ ढल निकास बिग्रिएको छ।

बिहार

तस्बिर स्रोत, BBC Hindi

तस्बिरको क्याप्शन, बाढीग्रस्त क्षेत्रमा राष्ट्रिय आपदा मोचन बललाई सहयोगका लागि बोलाइएको छ