प्रहरीले कुटपिट गरेको दृश्य खिच्न पाइन्छ कि पाइँदैन

प्रहरी

तस्बिर स्रोत, Twitter/Manish Jha

Published
पढ्ने समय: ४ मिनेट

पूर्वी तराईको जनकपुरका एक युव‍कलाई प्रहरीले दुर्व्यवहार गरेको भन्ने आरोप लगाइएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे विभिन्न खाले टिप्पणीहरू भइरहेका छन्।

ती युवकले एक प्रहरी जवानले एक व्यापारीसँग रकम मागेको र नदिएपछि कुटपिट गरेको भन्दै फेसबुकमा भिडिओ सार्वजनिक गरेका थिए।

त्यसको करिब साढे तीन घण्टापछि आफूलाई प्रहरीले बोलाएर "त्यो भिडिओ किन अप्लोड गरेको भन्दै कुटपिट गरेको" ती युवकले आरोप लगाएपछि सामाजिक सञ्जालमा उक्त भिडिओ शेअर भइरहेको छ।

प्रहरीको गतिविधिको भिडिओ खिचेकै आधारमा उनीमाथि दुर्व्यवहार भएको भन्दै धेरैले त्यसको आलोचना गरेका छन्।

कतिपयले प्रहरी र सरकारसँग संलग्न अधिकारीमाथि छानबिनको माग गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

उक्त घटना सार्वजनिक भएपछि केहीले भने नेपालको कानुनअनुसार कस्तो अवस्थामा कसको भिडिओ वा फोटो खिच्न पाइन्छ भन्ने जिज्ञासा पनि व्यक्त गरिरहेका छन्।

के भन्छ कानुन?

कतिपय मुलुकमा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको तस्बिर लिन पनि अनुमति लिनुपर्ने प्रावधान रहेको कतिपयको बुझाइ देखिन्छ।

तर नेपालमा भने त्यस्तो कुनै पनि व्यवस्था नभएको स्वयम् सुरक्षा अधिकारीहरू र कानुन व्यवसायीले बताएका छन्।

सर्वसाधारणको निजी गतिविधिको फोटो वा भिडिओ लिनका लागि भने पूर्वअनुमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि सार्वजनिक पद धारण गरेका व्यक्तिका हकमा भने त्यो लागु नहुने जानकारहरू बताउँछन्।

फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्गले जनकपुरमा भएको जस्तो घटनामा भिडिओ खिच्नु गैरकानुनी नभएको बताए।

यो Facebook पोस्ट छोड्नुहोस्, 1

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त, 1

उनले भने, "प्रहरीले कानुनबमोजिम गोप्य ढङ्गले गरेको कार्य भएको वा गोप्य राख्नुपर्ने कुरा गरिरहेका बेला कसैले खिचेको होइन। त्यहाँ त प्रहरीले नै कानुनविपरीत कार्य गरिरहेका बेला भिडिओ खिचिएको छ। त्यसलाई कुनै पनि कानुनले छेक्दैन।"

उनले कानुनअनुसार केही निश्चित स्थानमा भने तस्बिर वा भिडिओ खिच्न नपाइने व्यवस्था पनि रहेको बताए।

त्यस्ता क्षेत्रमा अदालतको इजलास र केही तोकिएका क्षेत्र हुने गरेको उनले जानकारी दिए।

यो Facebook पोस्ट छोड्नुहोस्, 2

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त, 2

अधिवक्ता सतीशकृष्ण खरेल पनि व्यक्तिको गोपनीयता हनन हुने गरी कसैको फोटो खिच्न नपाइने भए पनि सार्वजनिक पदाधिकारीले सार्वजनिक स्थानमा गरेका गतिविधिको तस्बिर र भिडिओ लिनलाई कसैले रोक्न नसक्ने बताए।

जनकपुरको घटनामा भिडिओ खिच्नेले नै उल्टै कानुनको रक्षा गरेको देखिएको उनको तर्क छ।

उक्त विवादित भिडिओ खिचिएको धनुषाको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पनि कानुनले त्यस्तो भिडिओ खिच्नलाई रोक नलगाएको बताए।

प्रहरी
तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

अपराध संहितामा के व्यवस्था छ?

जानकारहरूका अनुसार कतिपय अवस्थामा चाहिँ तस्बिर र भिडिओ खिच्न वा आवाज रेकर्ड गर्न कानुनले प्रतिबन्ध लगाएको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९३ अनुसार अर्काको कुरा सुन्न वा ध्वनि अङ्कन गर्न पाइँदैन।

दफा २९३ को उपदफा-१ मा लेखिएको छ, "कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीचमा भएका कुनै कुरा अधिकारप्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरूको मन्जुरीबिना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन गर्न हुँदैन।"

तर सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यका हकमा उक्त दफा लागु नहुने उल्लेख छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

व्यक्तिगत गोपनीयता हनन हुनेगरी कसैले त्यस्तो कसुर गरे वा गराएमा त्यस्तो व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि उक्त ऐनले गरेको छ।

त्यस्तै मुलुकी अपराध संहिताकै दफा २९५ अनुसार अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न पाइँदैन।

उक्त दफाको उपदफा २ मा लेखिएको छ, "कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन।"

"तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिन गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिनेछैन।"

अनुमतिबिना तस्बिर खिच्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ भने तस्बिर बिगार्नेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

तर जनकपुरको घटनामा यी कुनै पनि दफा आकर्षित नहुने कानुन व्यवासयीहरूले बताए।

जनकपुरमा के भएको थियो?

बिहीवारदेखि सामाजिक सञ्जालहरूमा व्यापक भइरहेको जनकपुरको भिडिओमा एक युवकसँग प्रहरीको धकेलाधकेल भएको देखिन्छ।

उक्त भिडिओमा एक जनाले पहेँलो रङ्गको टीशर्ट च्यातिएको पनि देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

ती व्यक्ति जनकपुर निवासी सुशील कर्ण भएको भनिएको छ। त्यसलाई धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पनि पुष्टि गरे।

उनले भने, "त्यो घटना भएको हो तर त्यसलाई भिडिओमा एकपक्षीय ढङ्गले प्रस्तुत गरिएको छ।"

सामाजिक सञ्जालमा अप्लोड भिडिओमा ती युवक च्यातिएको टीशर्टमा देखिएका छन्।

उनले त्यस भिडिओमा "प्रहरीले त्यहाँका साना व्यवसायीहरूसँग रकम माग गरेको र रकम नदिनेलाई कुटपिट गरेको देखेको" दाबी गरेका छन्।

उनले त्यसपछि "आफूले क्यामरा खोलेर भिडिओ खिचेको र त्यो भिडिओ सामजिक सञ्जालमा अप्लोड गरेको साढे तीन घण्टापछि बोलाएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको" आरोप लगाएका छन्।

उक्त भिडिओसँगै प्रहरीसँग भएको उनको धकेलाधकेलको भिडिओ पनि सामाजिक सञ्जालमा वितरण भइरहेको छ।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले उक्त घटना सार्वजनिक भएपछि कारबाही सुरु गरिसकिएको जानकारी दिए।

उनले भने, "जानकी मन्दिर क्षेत्रलाई सुन्दर बनाउने भन्ने गत ६ गते निर्णय भएको थियो। त्यसैअनुसार प्रहरीले मन्दिर क्षेत्रबाट ठेलामा सामान विक्री गर्ने व्यापारीहरूलाई हटाएको हो।"

उनका अनुसार त्यसै क्रममा एक व्यापारीले प्रहरीले रकम माग गरेको आरोप लगाएको र त्यो भिडिओ बनाएर सुशील कर्णले फेसबुकमार्फत् सार्वजनिक गरेको बताए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उक्त भिडियो सार्वजनिक भएपछि जानकी मन्दिरस्थित पर्यटक प्रहरीका असई विजय यादवले कर्णलाई बोलाएर दुर्व्यवहार गरेको कर्णले आरोप लगाएको उनले बताए।

"त्यसपछि हामीले दुवै पक्षलाई राखेर छलफल गरायौँ। त्यसमा असई साहबले माफी मागिसक्नुभयो। अहिले विवाद साम्य भइसक्यो," उनले भने।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवारै आफ्नो फेसबुक पेजमा एउटा वक्तव्य राख्दै उक्त घटनामा संलग्न प्रहरीहरूमाथि विभागीय कारबाही सुरु गरिसकिएको जनाएको छ।