जेकब जुमाद्वारा राजीनामा दिन ‘अस्वीकार’

जुमा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रपति जेबक जुमामाथि
Published

सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको आइतवारको वार्तापछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेबक जुमामाथि राजीनामा दिन दवाब बढ्दो छ।

वार्ताबारे बिस्तृत विवरण सार्वजनिक गरिएको छैन तर पार्टीका नेताहरूले सोमवार आकस्मिक बैठक बोलाएका छन्।

राष्ट्रपति जुमाले भ्रष्टाचार गरेको आरोपहरू झेलिरहेका छन्।

गत डिसेम्बरमा सिरिल रामापोसा जुमाको स्थानमा पार्टीका सभापति बनेका थिए।

संघर्ष

विश्लेषकहरू भन्छन्, अर्को वर्ष हुने चुनावअघि पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखहरू शक्ति संघर्षलाई पन्छाउन चाहन्छन्।

संसद्‍मा संकल्प प्रस्ताव लगेर सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउने प्रक्रिया थाल्ने अपेक्षा गरिएको छ।

प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि एएनसी पार्टीका ६ जना वरिष्ठ नेताहरू आइतवार पालैपालो गरी पुगेका थिए।

सिरिल रामापोसा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, एएनसीका सभापति सिरिल रामापोसा

वार्ता सकिएपछि उनीहरू केही बोलेका छैनन्।

तर उनीहरूले सोमवार पार्टीको राष्ट्रिय कार्य सम्पादन समितिको बैठक बोलाएका छन्।

अस्वीकार

एएनसीका पूर्व सदस्य रहिसकेका विपक्षी नेता जुलियस मालेमाले राष्ट्रपति जुमाले राजीनामा दिन अस्वीकार गरेको कुरा सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

सन् २०१९ मा हुने चुनावअघि राष्ट्रपति जुमाले पद छाड्ने देखिँदैन।

यद्यपि कमजोर हुँदै गएको अर्थतन्त्र र भ्रष्टाचारका आरोपबीच एएनसीले आफ्नो लोकप्रियता घटिरहेको देखेको छ।

भ्रष्टाचारसम्बन्धी कैयौँ आरोपले राष्ट्रपति जुमा घेरिएका छन्।

तर आफूले कुनै गलत काम नगरेको उनले दावी गर्दै आएका छन्।