मस्कोस्थित तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन बज्रिएपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ,
मस्कोस्थित तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन बज्रिएपछि...
Published

युक्रेनले मस्कोमा भीषण आक्रमण गरेको छ। पूर्ण स्तरमा युद्ध सुरु भएयता युक्रेनले गरेको सबैभन्दा ठूलो हमलाका क्रममा युक्रेनले मस्कोमा २०० वटाजति ड्रोन प्रहार गरेको बताइएको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा युक्रेनले देशभरि प्रहार गरेका १,००० वटा ड्रोन र चारवटा क्रूज क्षेप्यास्त्रलाई छेकिएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै किएभमा भएको रुसी आक्रमणको प्रत्युत्तर दिन अहिले भीषण हमला गरिएको बताएका छन्। किएभमा भएको रुसी आक्रमणमा परी एउटा प्रमुख धार्मिक स्थलमा आगो लागेको थियो।

"हामी यो युद्ध चाहँदैनौँ र हामीले चाहेका पनि थिएनौँ," जेलेन्स्कीले भने, "तर यदि युक्रेन जल्यो भने तिम्रो मस्को पनि जल्ने छ।"

कजानमा दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गरिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी राजधानीमा भएको यो ठूलो स्तरको आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।