भारतमा पत्रकार हत्याको निन्दा

गौरी लंकेश

तस्बिर स्रोत, facebook

Published

हिन्दू राष्ट्रवादी राजनीतिको कडा विरोध गर्दै आएकी एक प्रतिष्ठित सम्पादक गौरी लंकेशको बंगलुरु शहरमा भएको हत्याको भारतभर निन्दा गरिएको छ।

बामपन्थी झुकाव भएकी बताइने लंकेशलाई उनकै घर अगाडी गोली हानी हत्या गरियो।

पत्रकार तथा अधिकारवादीहरुले उनको हत्या प्रेस स्वतन्त्रता विरुद्ध निर्दयी आक्रमण भएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

कर्नाटक राज्यका मुख्यमन्त्रीले उक्त हत्याको छानबिन गर्न विशेष टोलीको गठन गरिएको बताएका छन्।

'राष्ट्रवादको विस्तार' हुँदै गर्दा भारतमा बढ्दो असहिष्णुताप्रति त्यहाँका पत्रकार तथा अन्यले चिन्ता व्यक्त गर्दै आएका छन्।