तेलको मूल्य थप बढ्ने चेतावनी

तस्बिर स्रोत, Getty Images
पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य थप बढ्न सक्ने रुसले चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।
युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।

तस्बिर स्रोत, Getty Images
पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य थप बढ्न सक्ने रुसले चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ।

तस्बिर स्रोत, Getty Images
मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनका सर्वसाधारणलाई सुरक्षित ठाउँतर्फ जान दिन एउटा भावुक अपील गरेका छन्।
न्यूयोर्कस्थित सुरक्षा परिषद्को आपत्कालीन बैठकमा मार्टिन ग्रिफिथ्सले युद्धका कारण युक्रेनमा फसेका लाखौँ सर्वसाधारणको दयनीय अवस्थाबारे चर्चा गरे।
हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उनले उल्लेख गरे।
रुसी आक्रमणमा परेका क्षेत्रबाट जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा मानिसहरूलाई जान दिन उनले आग्रह गरे।
राष्ट्रसङ्घका लागि रुसी राजदूतले भने सर्वसाधारणलाई जान नदिएको कुरा अस्वीकार गरे।

तस्बिर स्रोत, Getty Images
विश्व ब्याङ्कले युक्रेनका लागि ७० करोड डलर बराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।
अस्पतालका कर्मचारीलाई तलब खुवाउन,वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई सो रकमले सहयोग पुर्याउने ब्याङ्कले जनाएको छ।
केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बसिदिनेछन्।
विश्व ब्याङ्कको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क,लाटिभिआ र लुथिआनिआ लगायत देशले पनि सहयोग गरेका छन्।
शुभप्रभात!
रुसले युक्रेनमाथि आक्रमण गरेयता हामीले मुख्यमुख्य घटनाक्रमबारे अद्यावधिक गर्दै आएका छौँ।
आज दिनभरि पनि हामीले महत्त्वपूर्ण घटनाक्रमबारे समाचार सामग्री पस्कनेछौँ।
कृपया हामीसँगै रहनुहोला।