क्षतिग्रस्त युक्रेनी सहरहरूबाट सर्वसाधारणहरूको उद्धार हुँदै
युक्रेनका सुमी र इर्पिन सहरहरूबाट केही सर्वसाधारणहरू सुरक्षित स्थानतर्फ भाग्न सफल भएका छन्। तर मारिऊपोलमा गैरसैनिकहरूको उद्धार गर्ने प्रयास भने विफल भएको छ।
लाइभ कभरेज
दशवटा रुसी लडाकु विमान खसालियोः युक्रेन
युक्रेनी हवाई फौजले बिहीवार
दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको
जनाएको छ।
सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।
निसाना बनाइएका
स्थानबारे भने युक्रेनले केही खुलाएको छैन।
रुसी सेनाले युक्रेनको
दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।
रुसद्वारा युक्रेनका नयाँ तीन सहरमा आक्रमण
पश्चिमा देशको प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
के सर्वसाधारण नागरिकले सेनालाई रोक्न सक्छन्?
डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा तपाईँलाई पर्न सक्ने प्रभाव के हुन्
अस्पतालमा भएको बम आक्रमणको निन्दा, रुस-युक्रेन वार्ता युद्धविराम गराउन विफल
'बमको आवाज सुनिरहेकै थियौँ, तर तिर्खा लागेर मर्नुभन्दा पानी खाएरै मर्नु ठिक लाग्यो'
रुसले युक्रेनमा ‘रासायनिक अस्त्र’ प्रयोग गर्न सक्ने अमेरिकाको दाबी
भाडा नबढाए सार्वजनिक सवारीसाधन नचलाउने चेतावनी, के भन्छ सरकार
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
किएभमा भुमिगत कोठामा बमबाट सुरक्षा खोज्दै बसेका सिरियाली
प्रतिबन्ध सामना गर्न के रुसले चीनसँग सहयोग माग्न सक्छ
सङ्घर्षविराम गरेर युक्रेनीलाई अन्यत्र लैजाने प्रयासबीच बाल अस्पतालमा रुसी हमला
भारतीय डाक्टर जो युक्रेनमा आफूले पालेका जङ्गली जनावरसँग फसेका छन्
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडनले अबको केही घण्टापछि रुसी तेलको आयातमा रोक लगाउने घोषणा गर्न लागेका हुन्।
उक्त घोषणा युक्रेनमा रुसले
गरेको आक्रमण पश्चात् रुसमाथि लगाइने पछिल्लो प्रतिबन्ध हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसले बताए अनुसार
बाइडनले सम्बोधन गर्नेछन्।
उनले ”युक्रेनमाथिको विनाकारण र अनुचित
आक्रमणमा रुस जबाफदेही छ” भन्ने
कुरा दोहोर्याउने अपेक्षा गरिएको छ।
बाइडन प्रशासनमाथि यो कदम उठाउन अमेरिकी सांसदहरूको दबाव बढ्दो थियो।
युक्रेनमा १,२०० भन्दा बढी गैरसैनिक हताहत - राष्ट्रसङ्घ
तस्बिर स्रोत, Reuters
रुसले गत फेब्रुअरी २४ मा आक्रमण थालेयता युक्रेनमा १,२०७ गैरसैनिक नागरिक हताहत भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले दिएको छ।
तीमध्ये ४०६ जनाको मृत्यु भएको र ८०१ जना घाइते भएका हुन्।
तर हताहत हुनेको सङ्ख्या "एकदम धेरै हुनसक्ने" राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त लिज थ्रोसेलले बताएकी छन्।
हवाई आक्रमण र विस्फोटक अस्त्रका कारण युक्रेनभरिका सहरमा सयौँ आवासीय भवन नष्ट हुँदा अधिकांश मानिस घाइते भएको राष्ट्रसङ्घको भनाइ छ।
मृतकमध्ये एक जना पत्रकार पनि भएको बताइएको छ।
युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाखभन्दा बढी
युद्ध सुरु भएपछि
युक्रेनबाट पलायन भएका शरणार्थीको सङ्ख्या २० लाख नाघेको राष्ट्रसङ्घले बीबीसीलाई
बताएको छ।
संयुक्त राष्ट्रको
शरणार्थीसम्बन्धी उच्चाआयुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट भइरहेको बहिर्गमन युरोपमा दोस्रो विश्वयुद्धयता निकै छिटो बढिरहेको शरणार्थी सङ्कट भएको
बताएका छन्।
यसअघि उनले
युक्रेनबाट शरणार्थीहरूको पहिलो लहर "केही स्रोतसाधन" सहित निस्किएको
बताएका थिए।
"धेरैजसो गाडीमा आउँछन्। सीमापारि उनीहरूका परिवार, साथीहरू, आफन्तलगायत चिनजानका मानिस हुन्छन्क जसकहाँ उनीहरू जान
सक्छन्,"
उनले भने।
उनले युद्ध जारी रहे
सीमित स्रोत र चिनजान भएका मानिसहरू पनि भाग्न बाध्य हुने चेतावनी दिए।
"त्यसपछि युरोपेली देशहरूका लागि
यो व्यवस्थापनको निकै जटिल मुद्दा बन्नेछ र त्यसमा युरोप साथै बाहिरका सबैले
ऐक्यबद्धता जनाउनुपर्नेछ," उनलाई
एएफपी समाचारसंस्थाले उद्धृत गरेको छ।
उनले बोस्निया र
कोसोभोमा भएको बाल्कन युद्धमा "सम्भवतः २० लाखदेखि ३० लाख मानिस पलायन भएको तर
त्यो आठ वर्षको अवधिमा बहिर्गमित मानिसको सङ्ख्या" भएको बताए।
विश्वका अन्य
भागहरूमा यस किसिमको बहिर्गमन भए पनि "युरोपमा दोस्रो विश्वयुद्ध पछि पहिलो
पटक यस्तो भएको हो।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।
X पोस्ट समाप्त
चीनका राष्ट्रपतिद्वारा शान्तिवार्ता गर्न आह्वान
तस्बिर स्रोत, Getty Images
चीनका राष्ट्रपति सी जिन्पिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै "अधिकतम संयम" आवश्यक भएको बताएका छन्।
फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँग गरेको एउटा भर्चूअल बैठकमा उनले त्यस्तो टिप्पणी गरेको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।
युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। चीन, जर्मनी र फ्रान्सले मिलेर शान्तिवार्तालाई सहयोग गर्नुपर्ने उनले बताए।
चीन र रुसबीच घनिष्ठ कूटनीतिक सम्बन्ध छ। युक्रेनमा रुसले गरेको आक्रमणको चीनले न त समर्थन गरेको छ न त निन्दा नै।
यद्यपि चीनले रुसी अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घमा आयोजित मतदानमा अनुपस्थित रहेको थियो।