१३ मिटर गहिरो इनारमा खसेकी सिंहिनीको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
१३ मिटर गहिरो इनारमा खसेकी सिंहिनीको उद्धार
Published

भारतको गुजरातस्थित जुनागढ जिल्लामा १३ मिटर गहिरो इनारमा खसेकी सिंहिनीलाई उद्धार गरेर बाहिर निकालिएको भिडिओ सार्वजनिक भएको छ।

स्थानीय किसानले इनारमा असहाय अवस्थामा फसेकी सिंहिनीलाई देखेर वन विभागलाई खबर गरेपछि उद्धारकर्मीहरूको टोली त्यहाँ पुगेको थियो।

उक्त सिंहिनीलाई बाहिर निकाल्न झन्डै दुई घण्टा लागेको थियो। पशु हेरचाह केन्द्रमा परीक्षण गरेपछि उसलाई फेरि जङ्गलमा छोडिएको छ।

अहिले यो घटना भएको ठाउँनजिकै गिर राष्ट्रिय निकुञ्ज छ। त्यहाँ भारतमा लोपोन्मुख बनिसकेको एशियाली सिंह पाइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।