लरी ओभरपासमा जोतिँदा गाडीको क्यामराबाट खिचिएको दृश्य
लरी ओभरपासमा जोतिँदा गाडीको क्यामराबाट खिचिएको दृश्य
Published
अमेरिकाको न्यूयोर्कस्थित रक्ल्यान्ड काउन्टीमा एउटा लरी ओभरपासमा जोतिएको छ।
यो लरीले दायाँतिर पार्क गरिएको टोयोटा गाडीलाई पनि ठक्कर दिएको थियो।
प्रहरीका अनुसार टोयोटाका चालकलाई अस्पताल लगिएको छ।
लरीका चालकलाई कुनै चोटपटक लागेको छैन। तर निकै अग्लो १८-चक्के सवारीसाधन त्यहाँ लगेको भन्दै प्रहरीले उनलाई पुर्जी थमाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



