फिलिपिन्समा फोहोरले ढाकिएको नदी
फिलिपिन्समा फोहोरले ढाकिएको नदी
Published
फिलिपिन्सको राजधानी मनिलामा रहेको यो नदीमा कैयौँ टन फोहोर भरिएको छ।
धेरै दिनसम्म भारी वर्षा भएपछि यसो भएको हो।
ट्रपिकल आँधीले स्थिति अझ खराब बनाउँदा नौ दिनमै सामान्यतया एक महिनाबराबरको पानी परेको थियो।
यस अवधिमा स्थानीय विद्यालयहरू बन्द गरिएका थिए।
वर्षाका कारण सिर्जित विभिन्न विपद्का कारण विगतका केही सातामा फिलिपिन्समा कम्तीमा २६ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



