काभ्रेमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु

धुलिखेल अस्पतालमा उपचाररत् घाइतेहरू

तस्बिर स्रोत, DEVRAJ KC

Published

काभ्रेको बेथानचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताएका छन्।

तीमध्ये १० जनाको घटनास्थलमै र सात जनाको उपचारका क्रममा अथवा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बीबीसीलाई बताइन्।

“बसमा कतिजना सवार थिए भन्ने कुरा यकिन हुन सकेको छैन,” प्रजिअ पाण्डेले थपिन्।

Skip जाजरकोटमा जन्ती सवार गाडी दुर्घटना, ११ जनाको मृत्यु and continue readingजाजरकोटमा जन्ती सवार गाडी दुर्घटना, ११ जनाको मृत्यु

End of जाजरकोटमा जन्ती सवार गाडी दुर्घटना, ११ जनाको मृत्यु

उद्धार कार्य जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले बीबीसीलाई बताए।

एउटा धार्मिक कार्यक्रमका लागि उक्त बस रिजर्भमा लगिएको बताइएको छ।

"प्रारम्भिक विवरणमा ब्रेक फेल भएर उक्त बस दुर्घटनामा परेको भन्ने कुरा आएको छ," पाण्डेले भनिन्।

सोमवार मात्रै जाजरकोटमा एउटा जिप दुर्घटना हुँदा ११ जनाको ज्यान गएको थियो।

सडक तथा सवारीसाधनको कमजोर अवस्था एवं क्षमताभन्दा बढी यात्रु सवार गराउने प्रवृत्तिलाई नेपालमा सवारी दुर्घटनाको प्रमुख कारणको रूपमा लिने गरिएको छ।