इन्डोनेशियामा भीषण ज्वालामुखी- कम्तीमा १३ को मृत्यु

सन् २०२१ को ज्वालामुखी विस्फोटका बेला

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, माउन्ट सेमेरुमा सन् २०२१ को ज्यानुअरी महिनामा पनि ज्वालामुखी विस्फोट भएको थियो
Published
पढ्ने समय: २ मिनेट

इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन सेवामा जुटेका अधिकारीहरूले बताएका छन्।

माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।

तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो।

semeru

तस्बिर स्रोत, ugc

तस्बिरको क्याप्शन, स्थानीय बासिन्दाहरू ज्वालामुखीको खरानीबाट बच्न भागेका थिए

अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन्। कैयौँलाई लाभाले नराम्ररी पोलेको छ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन्। त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए।

उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

1px transparent line
यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

1px transparent line

एक स्थानीय अधिकारी थोरिकल हकले रोयटर्सलाई बताए अनुसार मालङ सहर नजिकैको एउटा सडक र पुल पनि बन्द भएको छ।

उनले भने, "यो विस्फोट हुने बित्तिकै यति धेरै गतिविधि भयो।"

खरानी लाभा र पानीका कारण बाक्लो हिलो जम्मा भएको र त्यसले उद्धार कार्य पनि प्रभावित बनाएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी उडिरहेका बेला पानी परेपछि बाक्लो हिलो बनेको र त्यसले उद्धार कार्य प्रभावित भएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी उडिरहेका बेला पानी परेपछि बाक्लो हिलो बनेको र त्यसले उद्धार कार्य प्रभावित भएको छ

स्थानीय समय अनुसार साढे दुई बजे दिउसो ज्वालामुखी विस्फोट भएको थियो।

खरानीको धुवाँबाट बनेको बादल १५ हजार मिटर सम्म पुग्न सक्ने भन्दै त्यो उचाइ धेरैजसो विमानको भन्दा माथिको भएकाले सतर्कता अपनाउन भनिएको छ।

माउन्ट सेमेरु स्थायी रूपको सक्रिय ज्वालामुखी बन्ने स्थितिमा रहेको र शनिवारको विस्फोटन असाध्यै ठूलो तहको भएको बताइएको छ।

माउन्ट सेमेरु समुन्द्री सतहभन्दा ३,६७६ मिटर उचाइमा छ र यो इन्डोनेशियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो। त्यस अघि यो डिसेम्बर २०२० मा विस्फोट भएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ला पाल्मा ज्वालामुखीः स्पेनी टापुमा हजारौँ मानिस प्रभावित