रुस हमला: विश्वविद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, कैयौँ मारिए

रुस सुरक्षाकर्मी

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: १ मिनेट

रुसका अनुसन्धानकर्ताहरूले उरलस्थित एउटा विश्वविद्यालयमा बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन्।

घटनामा कैयौँ घाइते भएको विवरणमा जनाइएको छ।

कतिपय शिक्षक र विद्यार्थीले विश्वविद्यालय भवनभित्र लुकेर ज्यान जोगाएका थिए भने केही झ्यालबाट हाम फालेको देखिएको थियो।

रुसी प्रहरीले बन्दुकधारीलाई पक्राउ गरिएको जनाएको छ।

कतिपय विवरणमा आक्रमणकारीले सामाजिक सञ्जालमा आफूले एक्लै हमला गरेको र आफ्नो कुनै राजनीतिक वा धार्मिक उद्देश्य नरहेको धारणा राखेको उल्लेख गरिएको छ।

यो घटना राजधानी मस्कोबाट झन्डै १३ सय किलोमिटर पूर्वमा रहेको पर्म स्टेट विश्वविद्यालयमा भएको हो।

सोमवार बिहान क्याम्पसमा प्रवेश गरेर हमलाकारीले आक्रमण गरेको थियो।

रुसी टेलिभिजनको फूटेजमा विद्यार्थीहरू झ्यालबाट हाम फालिरहेको देखिन्छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space