कोभिड नेपाल: थप २५ सय जनामा कोरोना भाइरस, काठमाण्डू उपत्यकामा साढे १० हजार सक्रिय सङ्क्रमित

नेपाल

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप २,५२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ३५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मङ्गलवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ४,९०१ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले सङ्क्रमण पुष्टि हुने दर १७ प्रतिशत भएको देखिन्छ। केही साताअघिसम्म उक्त दर २० प्रतिशत हाराहारी थियो।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ३१ हजार नाघेको छ भने मृतकको सङ्ख्या १,०५६८ पुगेको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०८६ जना सङ्क्रमणमुक्त भएका छन्।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा कोभिड. साढे १० हजार जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण.  भदौ ८ गते अपराह्णसम्मको तथ्याङ्क.
Presentational white space

कहाँ र कति छन् सङ्क्रमित?

तीमध्ये ३५,१४५ जना घरमा तथा ३,१०५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६२० जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७० जना भेन्टिलेटरमा छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

उपत्यकाका तीन जिल्लामा देशभरि भएका सक्रिय सङ्क्रमितको २७ प्रतिशतभन्दा बढी मानिस छन्।

कोभिड नेपाल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कोभिड नेपाल

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या मङ्गलवार अपराह्णसम्म ३८ लाख ५७ हजार नाघेको छ।

अहिलेसम्म नेपालमा अक्सफर्ड-आस्ट्राजेनेका, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र प्रयोग भएको छ।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने अक्सफर्ड-आस्ट्राजेनेका र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोरोनाभाइरसका विभिन्न भेरिअन्टहरू
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुला रहने बताइएको छ।