कोभिड नेपाल: थप ३,९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण, २७ को मृत्यु

कोभिड नेपाल
Published

नेपालमा थप ३,९१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख दुई हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,२३९ पुगेको छ।

शुक्रवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १८,५८२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ६,८७४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको २१.०६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,११८ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३५,५१८ जना घरमा तथा ३,२८० जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ७३६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ३२ लाख नाघेको मन्त्रालयले जनाएको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुला रहने बताइएको छ।

Presentational grey line