कोभिड नेपालः थप २,५४८ जना सङ्क्रमित, थप ५५ जनाको मृत्यु

नेपाल

तस्बिर स्रोत, Reuters

Published

नेपालमा गत २४ घण्टामा थप २,५४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ८३ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,०९३ पुगेको छ।

आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,३७८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ३,३४५ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

अहिले कुल परीक्षणको २०.५८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा २,०२९ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

सङ्क्रमितमध्ये ३१,९३६ जना घरमा तथा ३,५२२ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले ८०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप?

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या २५ लाखनजिक पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line