तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थप ३,३८३ जनामा सङ्क्रमण, अधिकांश २१ देखि ४० वर्षका
नेपालमा गत २४ घण्टामा ३,३८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा १६,७१८ वटा नमुना परीक्षण गरिएको थियो।
यससँगै देशभरि ३२,०५९ जना सक्रिय सङ्क्रमित पुगेको मन्त्रालयले जनाएको छ।
हालसम्म ३६ लाख ३३ हजार ११८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने तीन लाख ३१ हजार ८७९ नमुनाको एन्टीजन विधिबाट परीक्षण गरिएको छ।
त्यसमा ७ लाख ६५ हजार ८१५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यसअघि सोमवार परीक्षण गरिएका १३ हजार ८ सय ११ मध्ये ३,१२५ नमुना पोजेटिभ पाइएको थियो।
मङ्गलवारसम्म कुल मृतकको सङ्ख्या नौ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ।
मङ्गलवार दिइएको जानकारी अनुसार पछिल्लो सङ्क्रमण दर १९.३ रहेको छ।
पछिल्ला सङ्क्रमितमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्षका रहेको मन्त्रालयले जनाएको छ।
भारतको अवस्था के छ?
भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ४९ वटा सङ्क्रमणका घटना देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ सङ्क्रमणको दर ओरालो लागिरहेको छ र निको हुने दर हाल ९७.३८ प्रतिशत रहेको बताइएको छ।
साप्ताहिक सङ्क्रमण दर हाल २.३९ प्रतिशत रहेको भारतको सूचना निकाय प्रेस ब्यूरो अफ इन्डियाले जनाएको छ।
दक्षिण एशियामा हाल सबैभन्दा उच्च सङ्क्रमण दर बाङ्ग्लादेशमा छ जहाँ सङ्क्रमणको दर ३० प्रतिशत छ।