जायन्ट पान्डा अब लोपोन्मुख प्रजाति नरहे पनि जोखिममै रहेको चीनको भनाइ

पाण्डा

तस्बिर स्रोत, Getty Images

Published

जायन्ट पान्डा अब लोपोन्मुख वर्गीकरणमा नरहेको बताउँदै चिनियाँ अधिकारीहरूले अझै जोखिममा भने रहेको बताएका छन्।

जङ्गलमा तिनीहरूको सङ्ख्या १,८०० पुगेपछि जायन्ट पान्डालाई लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो।

विज्ञहरूका अनुसार चीन उक्त जनावरलाई वासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो।

चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ र आफ्नो कूटनीतिक अस्त्रका रूपमा समेत प्रयोग गर्ने गर्छ।

सुधारिएको वर्गीकरण

पछिल्लो वर्गीकरणले 'तिनीहरूको सुधारिएको जीवन अवस्था र उनीहरूको वासस्थान एकीकृत' राखेको प्रतिबिम्बित हुने जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले एक पत्रकार सम्मेलनमा बताए।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै उक्त जनावरलाई सङ्कटापन्न सूचीबाट हटाएर 'जोखिमयुक्त' सूचीमा सारेको थियो।

त्यस बेला चिनियाँ अधिकारीहरूले त्यस्तो निर्णयले संरक्षण प्रयासहरू कमजोर पार्न सकिने भन्ने जसरी गलत बुझ्न सक्ने भन्दै असहमति राखेका थिए।

चीनले भने त्यसको पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो।

पाण्डा

तस्बिर स्रोत, Getty Images

चीनको वातावरण मन्त्रालयले यो साता गरेको घोषणा पहिलोपटक उसको सङ्कटापन्न सूचीमा गरिएको सुधार हो।

चीनले पनि स्वीट्जरल्यान्डमा रहेको आइयूसीएनकै जस्तो मापदण्डहरू पछ्याइएको छ।

संरक्षण प्रयास कस्ता?

उक्त खबरलाई चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संरक्षण प्रयासहरूको महत्त्वबारे 'प्रमाण' रहेको बताएका छन्।

एक जनाले माइक्रोब्लगिङ साइट विबोमा लेखेका छन्, "यो वर्षौँको कडा मिहिनेतको नतिजा हो। सबै संरक्षणकर्मीहरूलाई धन्यवाद।"

पाण्डा

तस्बिर स्रोत, Getty Images

विज्ञहरूले त्यस्तो सफलता खास गरी बाँसका जङ्गलहरू सिर्जना गर्ने र बढाउने कामबाट हासिल भएको बताउँछन्।

बाँसले तिनीहरूको खानपानको ९९ प्रतिशत ओगट्छ। बाँसबिना पान्डाहरू भोकमरीमा पर्न सक्छन्।

नियन्त्रित ढङ्गले उनीहरूको सङ्ख्या बढाउन चिडियाखानाहरूले समेत महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, पान्डाको बच्चाले खुट्टा समातेपछि...