कोभिड नेपाल: थप २,८९२ जनामा कोरोनाभाइरस सङ्क्रमण, ४१ जनाको मृत्यु

परीक्षण

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप २,८९२ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार बताएको छ। 

पछिल्लो २४ घण्टामा ११,५६८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,५६८ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको २५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ३,५९७ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३.३ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ७४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,११२ पुगेको छ।

अहिले कुल ३०,५४४ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३,०१७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

बुधवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ५७२ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका १७ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २७ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

बुधवार पुष्टि भएकामध्ये काठमाण्डूमा ४३६ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १८९ र ४७ जना रहेका छन्।

एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा मोरङ १४६, झापा १७६ जना र सुनसरी १८५ जना रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६२७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना खोप
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?