कोभिड नेपाल: १,९२० सङ्क्रमित थपिए, अहिलेसम्म कोभिडबाट ९ हजार बढीको ज्यान गुम्यो

कोभिड परीक्षण

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बताए।

सो अवधिमा ३,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको विवरण छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६५ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ९ पुगेको छ।

अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पोस्ट कोभिड समस्या के हो? कुन उमेर समूहमा बढी देखिन्छ?

परीक्षण गराएका मध्येमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको सरकारी विवरण छ।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै २९२ जना काठमाण्डूका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा ३२ र ललितपुरमा १०० जना सङ्क्रमित थपिएका छन्।

भारतको अवस्था के छ?

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५० हजार ४० थपिएको छ।

पुरुष बिरामी

तस्बिर स्रोत, Getty Images

सरकारी विवरण अनुसार उक्त अवधिमा त्यहाँ १,२५८ जनाको कोभिड जोडिएका घटनामा मृत्यु भएको छ।

यससँगै त्यहाँ देशभर कुल सङ्क्रमितको सङ्ख्या ३ करोड २ लाख भन्दा धेरै पुगेको छ भने ३ लाख ९५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५,८६.४०३ पुगेको छ।

त्यहाँ ३२ करोड १७ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?