कोभिड नेपाल: थप २४ सयमा कोरोना भाइरस सङ्क्रमण, २४ जनाको मृत्यु

परीक्षण

तस्बिर स्रोत, Science Photo Library

Published

नेपालमा थप २,४७४ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा १२,२३२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,९९७ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको २० प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा २,५१८ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९०.५ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६० हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९१८ पुगेको छ।

अहिले कुल ४६,५०२ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये ३,०५३ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ९,१७६ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ३६ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १९ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमण उच्च रहेका जिल्लाहरू

आइतवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३४६ जना काठमाण्डूका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा ५७ र ललितपुरमा ९४ जना सङ्क्रमित थपिएका छन्।

एक सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरू सुनसरी (१७६), मोरङ (१७२) र झापा (१२०) रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७३४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २१३ जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२ प्रतिशत महिला छन् भने ६०.८ प्रतिशत पुरुष छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

के छ भारतको स्थिति?

भारत सरकारका अनुसार अहिलेसम्म तीन करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ९१ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।

सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ९७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८७ हजार, बिहारमा सात लाख २० हजार र उत्तराखण्डमा तीन लाख ३९ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

भारतमा बिहिवार बिहानसम्मको तथ्याङ्क

  • निकोः २,९०,६३,७४० (९६.६१%)
  • सक्रिय सङ्क्रमणः ६,२७,०५७ (२.०८%)
  • मृत्युः ३,९१,९८१ (१.३०%)
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रदै