कोभिड नेपाल: थप ८१ जनाको मृत्यु पुष्टि, २४ सय जनामा कोरोनाभाइरस सङ्क्रमण

तस्बिर स्रोत, Reuters
नेपालमा थप २,४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ८१ जनाको कोभिडका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घण्टामा थप ५२ जना सङ्क्रमितको मृत्यु भएको र विभिन्न मितिमा मृत्यु हुनेको सङ्ख्या २९ रहेको बुधवार अपराह्ण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२,४१४ जनाको पीसीआर र एन्टिजन परीक्षण गरिएको थियो।
सो अवधिमा ३,५५८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५६ हजारभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ८,८९४ पुगेको छ।
केही सातायता काठमाण्डू उपत्यका र देशभरि फेला पर्ने सङ्क्रमितको सङ्ख्या ओरालो लागेको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाण्डूमा ३४६ गरी उपत्यकामा कुल ४९७ जनामा कोभिड पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिले देशभरि ५०,५२० जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ४७,२८६ जना घरमै छन् भने ३,२३४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७३४ जना र आईसीयूमा २१३ जना भेन्टिलेटरमा छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

के छ भारतको स्थिति?
भारत सरकारका अनुसार अहिलेसम्म तीन करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ९० हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।
सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ८७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८५ हजार, बिहारमा सात लाख २० हजार र उत्तराखण्डमा तीन लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
भारतमा बुधवार बिहानसम्मको तथ्याङ्क
- निकोः २,८९,९४,८५५ (९५.५६%)
- सक्रिय सङ्क्रमणः ६,४३,१९४ (२.१४%)
- मृत्युः ३,९०,६६० (१.३०%)

यो पनि हेर्नुहोस्





















