कोभिड नेपाल: थप ४४ जनाको मृत्यु, २७ सयमा कोरोना भाइरस सङ्क्रमण

अक्सिजन

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप २,७६८ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा १३,०३७ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शुक्रवार मन्त्रालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ।

सो अवधिमा ४,०२० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४२ हजार ८०८ र मृतकको सङ्ख्या ८,६४१ पुगेको छ।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

परीक्षण

तस्बिर स्रोत, Reuters

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८७२ जना आईसीयूमा र २४६ जना भेन्टिलेटरमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने?
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

के छ भारतको स्थिति?

भारत सरकारले शुक्रवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा कम देखिएको छ।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ८३ हजार नाघिसकेको छ।

चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.२४ % भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

कुल ६२,४८० जनामा कोभिड पुष्टि हुनुलाई सङ्क्रमण घट्ने क्रममा रहेको सङ्केत मानिएको छ।

महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु सरकारी तथ्याङ्कमा समाविष्ट नभएको हुँदा मृतकको वास्तविक सङ्ख्या अहिलेको भन्दा बढी हुनसक्ने विज्ञहरूले बताएका छन्।अहिले भारतमा कोभिड भएर निको हुने क्रममा रहेका मानिसमा म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण पनि देखिएको छ।

विभिन्न राज्यमा गरेर हजारौँको सङ्ख्यामा त्यस्ता मानिस फेला परेका छन्।

भारत सरकारका अनुसार अहिलेसम्म २.९७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा शुक्रवार बिहानसम्मको तथ्याङ्क -

  • निकोः २,८५,८०, ६४७ (९६.०३%)
  • सक्रिय सङ्क्रमणः ७,९८,६५६ (२.६८%)
  • मृत्युः ३,८३,४९० (१.२९%)
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, खोला उर्लेपछि यसरी तारियो कोभिड खोप