कोभिड नेपाल: २६ सय कोरोना भाइरस सङ्क्रमित थपिए, ३९ जनाको मृत्यु

कोभिड बिरामी

तस्बिर स्रोत, EPA

Published

नेपालमा थप २,६०७ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट १२,४८४ वटा परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

पीसीआरबाट १,७६८ जना र एन्टिजन विधिबाट ८३९ जनामा कोभिड पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बिहीवार अपराह्ण मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कअनुसार अहिले देशभरि ६१,७२५ जनाभन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।

अहिले पुष्टि भएका मृतकको तथ्याङ्कमा विभिन्न मितिमा नेपाली सेनाले अन्तिम संस्कार गरिदिएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,१४१ जना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा कोभिड भएर निको हुने सङ्क्रमितको प्रतिशत अहिले ८८.६ प्रतिशत छ।

अहिलेसम्म नेपालमा कोभिडका कारण ८,५९७ जनाको मृत्यु भइसकेको छ।

कोभिड

तस्बिर स्रोत, EPA

सक्रिय सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।

अहिले काठमाण्डू जिल्लामा ७,१३५, भक्तपुरमा २,३०८ र ललितपुरमा ३,०७१ गरी १२,५०० जनाभन्दा बढी सङ्क्रमित छन्।

घरमै बस्ने सङ्क्रमितको सङ्ख्या ५७,५३१ छ भने संस्थागत आइसोलेशनमा झन्डै ४,२०० जना भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

गम्भीर बिरामीमध्ये ९१६ जना आईसीयूमा र २४९ जना भेन्टिलेटरमा छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

नेपालमा शय्या र आईसीयू कति?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै अस्पलालमा भएका शय्याको कुल सङ्ख्या १८,९१७ छ।

देशका सातैवटा प्रदेशमा गरी आईसीयूमा शय्याको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।

कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर सङ्ख्या अहिले यति पुगेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने?

के छ भारतको स्थिति?

नेपालसँग सीमा जोडिएको भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।

अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको कुल सङ्ख्या तीन लाख ८१ हजार नाघेको छ।

सबैभन्दा बढी सङ्म्रित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ३४ हजार भन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख तीन हजार, पश्चिम बङ्गालमा १४ लाख ७१ हजार, बिहारमा ७ लाख १८ हजार र उत्तराखण्डमा ३ लाख ३७ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा बिहीवार बिहानसम्मको तथ्याङ्क -

  • निकोः २,८४,९१,६७० (९५.९३%)
  • सक्रिय सङ्क्रमणः ८,२६,९४० (२.७८%)
  • मृत्युः ३,८१,९०३ (१.२९%)
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीमा मानसिक स्वास्थ्य बिग्रदै