कोभिड नेपाल: नेपालमा थप ३,७५० सङ्क्रमित, भारतमा लगातार चौथो दिन एक लाखभन्दा कम सङ्क्रमण

पश्चिम नेपालको एक जिल्लाको आईसीयूमा उपचाररत बिरामी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पश्चिम नेपालको एक जिल्लाको आईसीयूमा उपचाररत बिरामी
Published

नेपालमा विगत २४ घण्टामा ३,७५०जना कोभिड बिरामी थपिएका छन्।

त्यस अवधिमा ६७जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कुल १५,१८२नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

तीमध्ये ५,५८४एन्टिजन परीक्षण हो जसबाट १,०४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

खोप केन्द्रमा खोप लगाउँदै

तस्बिर स्रोत, RSS

थप ५,२२५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ जसमध्ये अहिले ७५ हजार २ सय ७५ जना सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ८,३०५ जनाको मृत्यु भइसकेको छ।

सक्रिय सङ्क्रमितमध्ये ५,५८९ जना संस्थागत आइसोलेशनमा छन्।

त्यसैगरी १,१८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन्।

हाल काठमाण्डूमा सक्रिय सङ्क्रमित १०,०५१जना रहेका छन्। त्यसैगरी भक्तपुरमा २,९४६ जना र ललितपुरमा ३,९९४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म दुवै मात्रा खोप झण्डै साढे २३ लाखले लिएको र पहिलो मात्रा खोप झण्डै ६ लाखले लिएको पनि स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा जनाइएको छ।

उपचार

तस्बिर स्रोत, Reuters

भारतमा लगाचार चौथो दिन एक लाखभन्दा कम सङ्क्रमण

बीबीसी हिन्दीका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शुक्रवार बिहानको विवरणअनुसार विगत २४ घण्टामा त्यहाँ ९१ हजार ७ सय २ नयाँ सङ्क्रमण पाइएको छ।

त्यहाँ दैनिक सङ्क्रमणको सङ्ख्या एक लाखभन्दा तल देखा परेको यो चौथो दिन हो।

त्यस अवधिमा भारतमा कुल ३ हजार ४ सय २ जनाको कोभिडका कारण निधन भएको थियो।

भारतमा हाल ११ लाख भन्दा बढी सङ्क्रिय सङ्क्रमित रहेका छन्।

बिहीवार साँझसम्ममा भारतमा २४ करोड ६० लाखभन्दा बढीले कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेका छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

११३३

९८५१२५५८३९

९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

१०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।