कोभिड नेपाल: नेपालमा थप ८१ जनाको मृत्यु, ४३ सयमा सङ्क्रमण

कोभिड खोप

तस्बिर स्रोत, RSS

Published

नेपालमा विगत २४ घण्टामा ४,३४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिएको विवरणअनुसार थप ८१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कुल १६ हजार वटा नमुनाको परीक्षण गर्दा २८.६ प्रतिशत सङ्क्रमित भेटिएका हुन्।

विगत दुई सातामा कोभिड सङ्क्रमण बढी देखिएका जिल्लाको तथ्याङ्क बताउँदै पौडेलले भने: "[तथ्याङ्क हेर्दा] गाउँ गाउँमा कोरोना फैलिएको पुष्टि हुन्छ।"

थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या छ लाख १५ हजार नाघेको छ।

अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन्।

कुल सङ्क्रमितमध्ये ८५.२ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,१७९ पुगेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

मन्त्रालयका अनुसार अहिले मृत्यु पुष्टि भएका मानिसको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएको शवको सङ्ख्या पनि समाविष्ट छ।

बुधवार काठमाण्डूमा ६७९ जना, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जना सङ्क्रमित थपिएका छन्।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७४,४३८ जना घरमै, ५,८९८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३१२ जना आईसीयूमा र ३७५ जना भेन्टिलेटरमा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड परीक्षण गर्न दुई दिन हिँडे, सास फेर्न गाह्रो भएपछि हेलिकप्टरको सहारा
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line