कोभिड नेपाल: थप ९९ जनाको मृत्यु पुष्टि, ३,४७९ कोरोनाभाइरस सङ्क्रमित थपिए

तस्बिर स्रोत, EPA
आइतवार नेपालमा थप ३,४७९ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल आईसीयूमा १,४४२ र भेन्टिलेटरमा ३८१ जना रहेका छन्।
काठमाण्डूमा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ गरी कुल १,१३१ जना सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट १३,७३३ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
नेपालमा सरदर २८.९ प्रतिशत सङ्क्रमण दर रहेको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,६३६ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि झण्डै ९० हजार जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।
अहिले विभिन्न स्थानमा ६,५१४ जना बिरामी संस्थागत आइसोलशनमा छन्।
नेपालमा ३८ प्रतिशत भन्दा केही बढी महिला र ६१ प्रतिशत जति पुरुष सङ्क्रमित छन्।
४७ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
नेपालमा शय्या र आईसीयू कति?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।
देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।
कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।





















