कोभिड नेपाल: काठमाण्डू र नवलपरासी पूर्वमा ह्वात्तै बढ्दा थप ६८ सयमा सङ्क्रमण, ७५ जनाको मृत्यु

तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY
नेपालमा विगत २४ घण्टामा ६,८२५ जना कोभिड बिरामी थपिएका छन्।
त्यस्तै सो अवधिमा थप ७५ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।
कुल २१,७७३ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,२११ एन्टिजन परीक्षण हो जसबाट १,००० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।
थप ५,९०४ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा परीक्षण गरिएकामध्ये ३१.३ प्रतिशतमा सङ्क्रमण देखिएको छ।
नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ७७ हजारको हराहारीमा पुगेको छ जसमध्ये अहिले एक लाख एक हजार आठ सय ३९ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।
कुल सङ्क्रमितमध्ये ८१ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।
अहिलेसम्म कुल ७,६३० जनाको मृत्यु भइसकेको छ।
बिहीवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू र नवलपरासी पूर्व जिल्लाका छन्।
राजधानीका १,६३० जनासहित भक्तपुरका १२९ जना र ललितपुरका २९८ जना गरी काठमाण्डू उपत्यकामा थप २,०५७ जना सङ्क्रमित थपिएका छन्।
नवलपरासी पूर्वमा ७७१ जना सङ्क्रमित थपिएका छन्।
दुई सयभन्दा बढी सङ्क्रमित थपिएका अन्य जिल्लामा सुनसरी, काभ्रे र कास्की रहेका छन्।
नेपालका ७७ मध्ये ४७ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सक्रिय सङ्क्रमितमध्ये ६,९३० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४४४ आईसीयूमा र ३९८ जना भेन्टिलेटरमा रहेका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
यो पनि हेर्नुहोस्






















