कोभिड नेपाल: थप १०१ जनाको मृत्यु, ५३ सयमा कोरोना भाइरस सङ्क्रमण

परीक्षण

तस्बिर स्रोत, RSS

Published

नेपालमा विगत २४ घण्टामा ५,३१६ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सो अवधिमा थप १०१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बुधवार जनाएका छन्।

कुल १६,८७८ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०७३ एन्टिजन परीक्षण हो जसबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

थप ७,२१९ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये ३१.५ प्रतिशतमा सङ्क्रमण देखिएको छ। सबैभन्दा बढी कर्णाली प्रदेशमा परीक्षण गरिएका ५८ प्रतिशतमा सङ्क्रमण देखिएको प्रवक्ता पौडेलले बताए।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ७१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले एक लाख एक हजार नौ सय ९३ जनामा सक्रिय सङ्क्रमित छन्। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।

कुल सङ्क्रमितमध्ये ८१ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ७,५५५ जनाको मृत्यु भइसकेको छ।

नेपालमा कोभिड परीक्षण. गत ७ दिन गरिएको पीसीआर र एन्टिजन परीक्षण र पुष्टि भएका सङ्क्रमित सङ्ख्या.  .

बुधवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका छन्।

राजधानीका ९६९ जनासहित भक्तपुरका १८१ जना र ललितपुरका ३०६ जना गरी काठमाण्डू उपत्यकामा थप १,४९६ जना सङ्क्रमित थपिएका छन्।

दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा झापा, मोरङ र कास्की रहेका छन्।

नेपालका ७७ मध्ये ४८ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १३ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये ६,८६२ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४४६ आईसीयूमा र ३८५ जना भेन्टिलेटरमा रहेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड परीक्षण गर्न दुई दिन हिँडे, सास फेर्न गाह्रो भएपछि हेलिकप्टरको सहारा
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: सङ्क्रमणमुक्त हजुरआमा भन्छन् - "नडराउनु, निको हुन्छ"