कोभिड नेपाल: थप ११४ जनाको मृत्यु, ४७ सय सङ्क्रमित थपिए

कोभिड

तस्बिर स्रोत, EPA

Published

नेपालमा विगत २४ घण्टामा ४,७६२ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सो अवधिमा थप ११४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।

कुल १७,४८० नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये २,४२५ एन्टिजन परीक्षण हो जसबाट ५८४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा सङ्क्रमण देखिएको छ जुन हालैका दिनहरूमा सबैभन्दा कम हो।

थप ६,४९१ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ६१ हजारभन्दा बढी पुगेको छ जसमध्ये अहिले एक लाख छ हजार चार सय ७० जनामा सक्रिय सङ्क्रमित छन्। तीमध्ये ३९ प्रतिशत महिला हुन्।

कुल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् भने १.३ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ७,३८६ जनाको मृत्यु भइसकेको छ।

कोभिडबाट सबैभन्दा बढी ६० वर्षभन्दा माथिका ३,९६३ जनाको मृत्यु भएको छ भने ५० देखि ५९ वर्षका १,४४२ जना, ४० देखि ४९ वर्षका १,०८४ जना र ३० देखि ३९ वर्षका ६२१ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३५ जना १० वर्षभन्दा कमका, ३३ जना १० देखि १९ वर्षका र २०८ जना २० देखि २९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

नेपालमा कोभिड परीक्षण. गत ७ दिन गरिएको पीसीआर र एन्टिजन परीक्षण र पुष्टि भएका सङ्क्रमित सङ्ख्या.  .

सोमवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका छन्।

राजधानीका ८९० जनासहित भक्तपुरका २२० जना र ललितपुरका २५२ जना गरी काठमाण्डू उपत्यकामा थप १,३६२ जना सङ्क्रमित थपिएका छन्।

दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा मोरङ पनि रहेको छ।

नेपालका ७७ मध्ये ५० जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप ११ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये ७,३३८ जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४९२ आईसीयूमा र ४२४ जना भेन्टिलेटरमा रहेका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, 'परीक्षाको तरिका र नयाँ मिति थाहा नभएपछि कसरी तयारी गर्ने?'
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, बिरामीलाई दिने अक्सिजन कहाँबाट आउँछ