कोभिड नेपाल: थप १६९ जनाको मृत्यु, ८६ सयमा सङ्क्रमण

कोभिड

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ८,६३६ जनामा कोरोनाभाइरस सङ्क्रमण र १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा २२,९३६ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको मङ्गलवार मन्त्रालयले प्रकाशित विवरणमा उल्लेख छ।

सो अवधिमा ६,४०४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३७.६ रहेको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ र मृतकको सङ्ख्या ६,७०० पुगेको छ।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

परीक्षण

तस्बिर स्रोत, Reuters

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा १,८६३, ललितपुरमा ४२७ र काठमाण्डूमा ३२३ गरी उपत्यकामा कुल २,६१३ जनामा कोभिड पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १७ हजार सक्रिय सङ्क्रमण छ।

तीमध्ये एक लाख आठ हजार घरमै छन् भने ८,८३३ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६७२ जना आईसीयूमा र ४४७ जना भेन्टिलेटरमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, गुणस्तरहीन स्यानिटाइजर कसरी चिन्ने?
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

के छ भारतको स्थिति?

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघिसकेको छ।

भारत सरकारले मङ्गलवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाखभन्दा कम देखिएको छ।

सो अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ९.५४ % भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

कुल १,९४,४२७ जनामा कोभिड पुष्टि हुनुलाई सङ्क्रमण घट्ने क्रममा रहेको सङ्केत मानिएको छ।

महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन्।

भारतमा कोभिड

अहिले भारतमा कोभिड भएर निको हुने क्रममा रहेका मानिसमा म्यूकोर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण पनि देखिन थालेको छ।

विभिन्न राज्यमा गरेर हजारौँको सङ्ख्यामा त्यस्ता मानिस फेला परेका छन्।

भारत सरकारका अनुसार अहिलेसम्म २.६९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको

त्यहाँ अहिलेसम्म २१.८ करोड मात्रा खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।

भारतमा मङ्गलवार बिहानसम्मको तथ्याङ्क -

  • निकोः २,४०,५४, ८६१ (८९.२६%)
  • सक्रिय सङ्क्रमणः २५,८६,७८२ (९.६०%)
  • मृत्युः ३,०७,२३१ (१.१४%)
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश