कोभिड नेपाल: थप १८५ जनाको मृत्यु, ७,४२५ जनामा कोरोनाभाइरस सङ्क्रमण

काठमाण्डूमा कोभिड भएका बिरामीलाई आइसोलेशनमा राख्न तथा अक्सिजनसहितको उपचार उपलब्ध गराउन खोलिएको एउटा केन्द्र काम गर्दै स्वास्थ्यसेवीहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, काठमाण्डूमा कोभिड भएका बिरामीलाई आइसोलेशनमा राख्न तथा अक्सिजनसहितको उपचार उपलब्ध गराउन खोलिएको एउटा केन्द्र काम गर्दै स्वास्थ्यसेवीहरू
Published

नेपालमा थप ७,४२५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा २०,४५३ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा सो सङ्क्रमण पुष्टि भएको हो।

सो अवधिमा ७,१३५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालय सोमवार अपराह्ण जनाएको छ।

यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २० हाजरभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ६,५३१ पुगेको छ।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा २९८, ललितपुरमा ६८१ र काठमाण्डूमा १,८०६ गरी उपत्यकामा कुल २,७८५ जनामा कोभिड पुष्टि भएको हो।

मन्त्रालयका अनुसार अहिले देशभरि एक लाख १५ हजार ४४१ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये एक लाख आठ हजार ७१ जना घरमै छन् भने ७,३७८ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले १,६९७ जना आईसीयूमा ४६७ जना भेन्टिलेटरमा छन्।

विश्वभरि कोभिड
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालगन्ज शिक्षण अस्पतालमा कोभिडका बिरामीको उपचार कसरी भइरहेको छ?
Presentational grey line

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

Presentational grey line

के छ भारतको स्थिति?

नेपालसँग सीमा जोडिएको भारतमा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारतमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघेको छ।

महामारीको दोस्रो लहरमा परेको भारतका ग्रामीण क्षेत्रमा भएका मृत्यु नगनिएको हुन सक्ने वास्तविक सङ्ख्या योभन्दा उच्च हुनसक्ने विज्ञहरूले बताएका छन्।

भारतमा कोभिड

भारत सरकारका अनुसार अहिलेसम्म २.६७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको

त्यहाँ अहिलेसम्म २१.८ करोड मात्रा खोप दिइसकिएको सरकारी तथ्याङ्क छ।

भारतमा सोमवार बिहानसम्मको तथ्याङ्क -

  • निकोः २,३७,२८,०११ (८८.६९%)
  • सक्रिय सङ्क्रमणः २७,२०,७१६
  • मृत्युः ३,०३,७२०

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मृत्युशय्याबाट ३४ वर्षीया आमाको अन्तिम सन्देश