कोरोना भाइरस नेपाल : पूर्वप्रधानमन्त्री झलनाथ खनालमा कोभिड पुष्टि, अस्पताल भर्ना

झलनाथ खनाल

तस्बिर स्रोत, JNKHANAL / FACEBOOK

Published

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड उपचारका लागि काठमाण्डूस्थित एक अस्पतालमा भर्ना भएका छन्।

थापाथलीस्थित नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहका अनुसार शनिवार साँझतिर उनलाई अस्पताल भर्ना गरिएको हो।

''कोरोनाभाइरसका कारण बिरामी परेका उहाँलाई अस्पताल भर्ना गरिएको छ। उहाँको विभिन्न स्वास्थ्यजाँच भइरहेको छ। पूरा रिपोर्ट आउन केही समय लाग्नेछ,'' बीबीसीसँग सङ्क्षिप्त कुराकानीमा उनले भने।

सत्तारूढ नेकपा एमालेका वरिष्ठ नेता खनाल केही समयअघि उपचारका लागि दिल्ली गएका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि नर्भिक अस्पतालमा कोभिड उपचारका लागि केही दिनअघि भर्ना भएका थिए।

प्रमुख कार्यकारी सिंहका अनुसार अहिले पनि ज्ञानेन्द्र शाह र कोमललाई 'अक्सिजन सपोर्ट'मा उपचार भइरहेको छ।