तस्बिरमा: युरोपको पर्वत विस्फोट हुँदा झलमलाएको रात्रि आकाश

तस्बिर स्रोत, Getty Images
एट्ना पर्वत फेरि विस्फोट भएको छ र ज्वालामुखीले त्यहाँको आकाश झल्झलाकार पार्दैछ।
यो साताको सुरुमा विस्फोट सुरु भएको थियो, र त्यसयता एट्ना पर्वतमा सुन्तला रङ्गको ज्वाला र धुँवाको मुस्लो त्यहाँको आकाशमा दखिएको छ।
एट्ना युरोपको एकदमै सक्रिय ज्वालामुखी पर्वत हो र यो तुलनात्मक रुपमा धेरै विस्फोट भइरहन्छ। पछिल्लोपटक सन् १९९२ मा त्यहाँ ठूलो विस्फोट भएको थियो।
यो पर्वतमा हुने विस्फोटहरूले बिरलै क्षति गराएका छन् र अधिकारीहरू यो विस्फोटनलाई पनि अनौठो मान्दैनन्।
एट्ना पर्वत नजिकैको सहर क्याटनियास्थित न्याश्नल इन्स्टिट्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटलीको समाचार संस्था एजीआइलाई यो साताको सुरुमा भनेका थिए: "हामीले यो भन्दा नराम्रो देखेका छौँ।"

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
सबै तस्बिरको सर्वाधिकार सुरक्षित।
















