बितेको साताका १० तस्बिर: भारतदेखि फिनल्यान्डसम्म

Published

गत साता विश्वभरि भएका समाचारमूलक मुख्य घटनाक्रमसँग सम्बन्धित केही तस्बिरहरू

भारत गणतन्त्र दिवस

तस्बिर स्रोत, Adnan Abidi / Reuters

तस्बिरको क्याप्शन, भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवस समारोहका लागि परम्परागत नृत्यको अभ्यास गर्दै केही कलाकार
मस्को विरोध प्रदर्शन

तस्बिर स्रोत, Oleg Nikishin / Getty Images

तस्बिरको क्याप्शन, मस्कोमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त। विपक्षी नेता एलेक्सी नभाल्नी पक्राउ परेपछि हजारौँ मानिसहरूले रुसभरि विरोध प्रद्रशन गरेका थिए
लन्डन आई

तस्बिर स्रोत, Victoria Jones / PA Media

तस्बिरको क्याप्शन, द्वितीय विश्वयुद्धका बेला नाजीहरूले हत्या गरेका लाखौँ मानिस तथा संसारमा अन्यत्र भएका नरसंहारका पीडितको सम्झनामा 'लन्डन आई' मा बैजनी रङ्गमा बत्ती
बोरिस जनसन

तस्बिर स्रोत, Justin Tallis / Pool via Reuters

तस्बिरको क्याप्शन, यूकेका प्रधानमन्त्री बोरिस जनसन देशमा कोभिड-१९ का कारण मृत्यु भएका मानिसको सङ्ख्या एक लाख पुगेपछि आफूले सरकारको कामको 'पूरा उत्तरदायित्व' लिने बताउँदै
नेपाल स्वस्थानी

तस्बिर स्रोत, Navesh Chitrakar / Reuters

तस्बिरको क्याप्शन, पूर्णिमाको दिन बिहान नेपालको भक्तपुरमा परम्परागत विधिपूर्वक स्वस्थानी व्रत आरम्भ गर्दै श्रद्धालुहरू
चीन तलाउ

तस्बिर स्रोत, Cai Jingyu / VCG via Getty Images

तस्बिरको क्याप्शन, चीनको शेन्याङस्थित एउटा नदीमा कुइरो लागेको बेला हाँसहरू विचरण गर्दै
मोजाम्बिक बालिका

तस्बिर स्रोत, Alfredo Zuniga / AFP

तस्बिरको क्याप्शन, मोजाम्बिकको एउटा विद्यालयको प्राङ्गणमा डुबानमा परेपछि पानीमाथि उभिँदै एक छात्रा। एउटा समुद्री आँधीले अफ्रिकाको दक्षिणी भेग प्रभावित हुँदा धनजनको क्षति भयो
हङ्‌कङ

तस्बिर स्रोत, Tyrone Siu / Reuters

तस्बिरको क्याप्शन, लकडाउनका बेला हङ्‌कङको जोर्डन क्षेत्रमा स्वास्थ्यकर्मीहरू
आईएचफ ह्यान्डबल वर्ल्ड च्याम्पीअनशिप

तस्बिर स्रोत, Mohamed Abd El Ghany / Pool via Reuters

तस्बिरको क्याप्शन, डेनमार्क र क्रोएशियाका खेलाडीहरू आईएचफ ह्यान्डबल वर्ल्ड च्याम्पीअनशिपअन्तर्गत कायरोमा भएको खेलमा
अरोरा बोरियालिस

तस्बिर स्रोत, Alexander Kuznetsov / Reuters

तस्बिरको क्याप्शन, फिनल्यान्डको ल्याप्यान्डको आकाशमा देखिएको चहकिलो अरोरा बोरियालिस

सबै तस्बिरको प्रतिलिपि अधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित