तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: गत २४ घण्टामा थप १,३८० जनामा सङ्क्रमण, १९ को मृत्यु
नेपालमा विगत २४ घण्टामा १,३८०जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा कोभिड-१९ कारण १९जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।
योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने सङ्क्रमितको कुल सङ्ख्या १४५४पुगेको छ।
अहिलेसम्म देशभरि २,३०,७२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिने क्रम जारी छ।
अरू तथ्याङ्क के छ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५१५ जना सङ्क्रमित कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।
पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म २,११,१८६जना निको भइसकेका छन्।
अहिले देशभरि १८०८३सङ्क्रमित होम तथा संस्थागत आइसोलेशनमा छन्। र ६१८ जना क्वारन्टीनमा छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा