नेपालसहित विश्वभर यसरी मनाइयो दिपावली

श्रीलङ्काको कोलम्बोस्थित हिन्दु मन्दिरमा प्रार्थना गर्दै भक्तजनहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्काको राजधानी कोलम्बोमा हिन्दु मन्दिरमा प्रार्थना गरेर चाड मनाउँदै भक्तजनहरू
Published

विश्वभरका विभिन्न स्थानमा मानिसहरू दिपावली मनाइरहेका छन्।

विभिन्न खालका बत्ती बालेर मनाइने यो चाड विश्वभर हिन्दु, सिख र जैनले मनाउँछन्।

यो चाड भगवान राम वर्षौंको निर्वासनबाट फर्किएको उपलक्ष्यमा मनाइन्छ।

दियो, मैनबत्ती र झिलिमिली बत्ती बालेर दिपावली मनाउने प्रचलन रहँदै आएको छ।

भारतको भोपालस्थित मन्दिरमा दियो बालेको हेर्दै एक बालक

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, भारतको भोपालस्थित मन्दिरमा एक बालक दियो बालेको हेर्दै
भारतको अल्लाहवादमा प्रहरीहरू झिलझिले बाल्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतको अल्लाहवादमा प्रहरीहरू झिलझिले बाल्दै

मैनवत्ती र आतसबाजीसँगै दिपावलीको अर्को परम्परागत पाटो भनेको रङ्गोली हो।

विभिन्न रङ्ग, फूलका पत्ता र अन्य सामग्री प्रयोग गरेर जमिनमा बनाइने विभिन्न आकारप्रकारको कलालाई नै रङ्गोली भनिन्छ।

भारतको आसाममा रङ्गोली वरिपरि दियो बाल्दै किशोरीहरू

तस्बिर स्रोत, Getty Images

सिखहरू भने दिपावलीमा आफ्ना छैठौँ गुरू हरगोविन्दको सन् १६१९ मा भएको मुक्तिको सम्झनामा मनाउँछन्।

दिपावलीका बेला सिखहरू भारतको अमृतसरस्थित गोल्डन टेम्पलमा भेला हुन्छन्।

बन्दी छोर दिवसका अवसरमा दियो बाल्दै सिख धर्मावलम्बीहरू

तस्बिर स्रोत, Getty Images

भारतको अमृतसरस्थित गोल्डन टेम्पलमा आतसबाझी हेर्दै भक्तजनहरू

तस्बिर स्रोत, Getty Images

विश्वका नेपाल, भारत, श्रीलङ्कालगायत अन्य थुप्रै देशमा पनि दिपावली मनाइन्छ।

हिन्दु नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा काठमाण्डूको बानेश्वरमा शनिवार लक्ष्मी पूजा गर्दै ।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, लक्ष्मी पूजाको दिन घर सफा गरेर साँझ परेपछि घरघरमा बत्ती बालेर लक्ष्मीको पूजा गरिन्छ। यो दिन महिलाहरू भैली खेल्न जान्छन्। तर कोरोनाभाइरसका कारण यो वर्ष भैलीदेउसी खेल्न प्रतिबन्ध लगाइएको छ

नेपालमा तिहार भनिने यो चाडमा राजधानी काठमाण्डूसहित देशभर विभिन्न रङ्गका बत्तीहरू बालेर र लक्ष्मीको पूजा गरेर घरघरमा दिपावली मनाइन्छ।

चिप्लेढुङ्गा बजारमा हिन्दुहरूको महान चाड तिहारलाई लक्षित गरी शनिवार बिक्रीका लागि राखिएका सयपत्री र मखमली माला।

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सामान्यत: नेपालमा तिहार पाँच दिन मनाइन्छ। यो चाडमा काग, कुकुर, गाई, गोरूजस्ता जनावरको समेत पूजा गर्ने गरिन्छ

तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष धेरैका लागि यो चाड एकदमै फरक भएको छ।

मास्क लगाएर मन्दिरभित्र प्रवेश गर्दै मलेशियाको क्वाल लाम्पुरस्थित एउटा मन्दिर

तस्बिर स्रोत, Reuters

श्रीङ्काको कोलम्बोमा पनि मन्दिर प्रवेश गर्दा मानिसहरूले मास्क लगाएको देखिएको थियो।

श्रीलङ्काको कोलम्बोस्थित हिन्दु मन्दिरमा पूजा गर्दै एक भक्तजन

तस्बिर स्रोत, Getty Images

पाकिस्तानको लाहोरमा दियो लिएर प्रार्थना गर्दै हिन्दु महिलाहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानको लाहोरमा दियो लिएर प्रार्थना गर्दै हिन्दु महिलाहरू
श्रीलङ्काको कोलम्बोस्थित हिन्दु मन्दिरमा दियो बाल्दै एक भक्तजन

तस्बिर स्रोत, EPA

सबै तस्बिरको सर्वाधिकार सुरक्षित