नेपालसहित विश्वभर यसरी मनाइयो दिपावली

Published

विश्वभरका विभिन्न स्थानमा मानिसहरू दिपावली मनाइरहेका छन्।

विभिन्न खालका बत्ती बालेर मनाइने यो चाड विश्वभर हिन्दु, सिख र जैनले मनाउँछन्।

यो चाड भगवान राम वर्षौंको निर्वासनबाट फर्किएको उपलक्ष्यमा मनाइन्छ।

दियो, मैनबत्ती र झिलिमिली बत्ती बालेर दिपावली मनाउने प्रचलन रहँदै आएको छ।

मैनवत्ती र आतसबाजीसँगै दिपावलीको अर्को परम्परागत पाटो भनेको रङ्गोली हो।

विभिन्न रङ्ग, फूलका पत्ता र अन्य सामग्री प्रयोग गरेर जमिनमा बनाइने विभिन्न आकारप्रकारको कलालाई नै रङ्गोली भनिन्छ।

सिखहरू भने दिपावलीमा आफ्ना छैठौँ गुरू हरगोविन्दको सन् १६१९ मा भएको मुक्तिको सम्झनामा मनाउँछन्।

दिपावलीका बेला सिखहरू भारतको अमृतसरस्थित गोल्डन टेम्पलमा भेला हुन्छन्।

विश्वका नेपाल, भारत, श्रीलङ्कालगायत अन्य थुप्रै देशमा पनि दिपावली मनाइन्छ।

नेपालमा तिहार भनिने यो चाडमा राजधानी काठमाण्डूसहित देशभर विभिन्न रङ्गका बत्तीहरू बालेर र लक्ष्मीको पूजा गरेर घरघरमा दिपावली मनाइन्छ।

तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण यो वर्ष धेरैका लागि यो चाड एकदमै फरक भएको छ।

श्रीङ्काको कोलम्बोमा पनि मन्दिर प्रवेश गर्दा मानिसहरूले मास्क लगाएको देखिएको थियो।

सबै तस्बिरको सर्वाधिकार सुरक्षित