इटलीमा जन्मियो हरियो रङ्गको कुकुर

कुकुर

तस्बिर स्रोत, REUTERS

Published

यो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए।

इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे। उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ।

भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ।

पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ।

कुकुर

तस्बिर स्रोत, REUTERS

हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ।

गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ।

तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ।

मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्।

हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ।

Presentational grey line

यो पनि पढ्नुहोस्